Headline

एकै खेलमा १० विकेट लिएको दिन अर्कै दुनियामा छु जस्तो लागेको थियो : महबुब आलम (भिडियो अन्तर्वार्ता सहित)

Published

on

सन् २००८ मा जर्सीमा आयोजना भएको वर्ल्ड क्रिकेट लिग डिभिजन ५ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते तिब्र गतिका बलर महबुब आलमले एकै खेलमा १० विकेट निकाले ।
मोजाम्बिक बिरुद्धको खेलमा सात दशमलब पाँच ओभर बलिंग गर्दै आलमले एक मेडन सहित १२ रन खर्चिएर १० विकेट आफ्नो नाममा दर्ता गराएका हुन् । उक्त १० विकेट गिजिन बुक अफ वर्ल्ड रेकर्ड्समा पनि दर्ता भएको छ ।
क्रिकेटिंगनेपालसँगको विशेष अन्तर्वार्तामा आलमले १० विकेट लिंदाको क्षण सम्झंदै त्यस समयमा अर्कै दुनियाँमा भएको जस्तो अनुभुति भएको बताए । आलमले भने ‘ जब मैंले सात विकेट हात पारें हाम्रो टोलीका कप्तान बिनोद दासले मलाई नै १० विकेटको लागि जान सुझाउनु भयो । जाडो मौसम र ब्रिटिस पिचका कारण मेरो बल पनि स्विंग भैरहेको थियो । जब मैंले १० विकेट लिए मलाई म अर्कै दुनियाँमा भएको जस्तो भयो ।’
‘मलाई लग्यो भगवानले मेरो लागि नै त्यो दिन बनाइदिएको हो जस्तो लाग्यो । भगवानले अर्कै दुनिया मेरै लागि भनेर बनाएको जस्तै अनुभुति भयो ।’
महबुब आलमले १० विकेट लिँदाको क्षणका बारेमा गरिएको भिडियो अन्तर्वार्ता 

Click to comment

Trending