Headline

बार्सिलोनालाई स्तब्ध पार्दै एट्लेटिको स्पेनिस सुपर कपको फाइनलमा

Published

on

एन्जल कोरिआले ८६ औं मिनेटमा गोल गरेपछि एट्लेटिकोे म्याड्रिड बार्सिलानालाई स्तब्ध पार्दै स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

क्याम्प नाउमा भएको अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धामा एट्लेटिकोेले बार्सिलोनालाई ३–२ ले हरायो । पहिलो हाफ गोल रहित बराबरीमा टुङ्गिएपछि कोकेको शान्दार गोलमार्फत एट्लेटिकोेले ४६ औं मिनेटमा अग्रता लिएको थियो ।

लियोनल मेस्सीले ५१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए तर ८ मिनेटपछि नै उनको अर्को गोललाई ह्याण्डबल भएको भन्दै भिडियो असिस्टेन्ट रेफरीले गोलको मान्यता दिएको थिएन । लगत्तै एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

७४ औं मिनेटमा जेरार्ड पिकेको हेडर बारको अलिकति माथि बाट मात्र गएको थियो । अल्भारो मोराटाले ८१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए भने ८६ औं मिनेटमा कोरिआले गोल गरेपछि एट्लेटिकोेले सनसनीपूर्ण जित रचेको थियो ।

आइतबार हुने फाइनलमा एट्लेटिकोेले रियल म्याड्रिडको सामना गर्नेछ । रियलले बुधबार भ्यालेन्सियालाई ३–१ ले पराजित गरेको थिय

Click to comment

Trending