Headline

प्रिन्स नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टनको सेमिफाइनलमा

Published

on

बिश्व जुनियर बरियतामा भर्खरै १४ औं स्थानमा उक्लेका उदीयमान खेलाडी प्रिन्स दाहाल प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल सिरिज मा पुरुष एकल तर्फ सेमिफाइनल प्रवेश गरेका छन् ।

दशरथ रंगशालास्थित राखेप कभर्ड हलमा भएको बिहिबारको खेलमा प्रिन्सले भारतीय आयन रसिदलाई २१–१०, २१–९ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् । प्रिन्स मिक्सड डबल्समा भने पराजित भए । रसिला महर्जन र प्रिन्सको जोडी भारतका आयन रसिद र तस्निम मिरसँंग २४–२६, २१–१४ र २१–८ ले पराजित भएका थिए ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकल तर्फ निता लम्साल नेपालकै निलिमा महरालाई २१–१२, २१–६ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भईन् । यस्तै निताले दोहोरो जित निकाल्ने क्रममा गोकुल जोरा संग मिलेर मिक्सड डबल्समा नेपालकै नरेन्द्र बम र निलिमा महरालाई २१–१६, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाईन् ।

पुरुष एकल तर्फको अर्को खेलमा नेपालका नरेन्द्र बम श्रीलङ्काका दुमिन्दु अवेविक्रमासंग २१–७, २१–९ को सोझो सेटमा पराजि हुन पुगे । पुरुष एकल तर्फ भारतका अभिन बशिष्ठले श्रीलङ्काकाका दिगायु कहातापितियालाई २१–१५, २१–८ ले तथा भारतका मिरब लुवाङ्गले आफ्नै देशका शिभम कुमार मिश्रलाई २१–१२, २१–१६ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरे ।

प्रतियोगितामा यु – १९ को विधामा मात्र प्रतिस्पर्धा भईरहेको छ ।

Click to comment

Trending