Headline

जर्ज प्रिन्सको गोलमा आर्मी लिगको पहिलो स्थानमा उक्लियो

Published

on

जर्ज प्रिन्स कार्कीको एक मात्र गोलको मद्दतमा बिभागीय टोली त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ए डिभिजन लिगको पुछारमा रहेको सरस्वती युथ क्लबलाई १–० गोलले पराजित गरेको छ ।

दशरथ रँगशालामा भएको खेलमा जितका लागि निकै कसरत गर्नु परेको आर्मी लिगको शिर्ष स्थानमा उक्लिएको छ । आर्मीको पाँच खेलबाट १२ अंक भएको छ भने मनाङ मस्र्याङ्गदी क्लबको ११ अंक रहेको छ । यस्तै तेश्रो स्थानमा रहेको मच्छिन्द्रको १० अंक छ र थ्रि स्टार भन्दा गोल अन्तरले मात्र अगाडी रहेको छ ।

खेलको चौथो मिनेटमै दिनेश हेन्जनको प्रहार आकाशियो । १४ औं मिनेटमा जर्ज प्रिन्सको फ्रि किक प्रहारलाई गोलरक्षक प्रदिप भण्डारीले बचाए । २५औं मिनेटमा नवयुग श्रेष्ठले बक्सभित्रबाट गरेको प्रहार पोस्टबाट थोरै बाहिरियो ।

खेलको ३० औं मिनेटमा जर्ज प्रिन्सले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । सेसेहाङ आङदेम्वेको पासमा जर्ज प्रिन्सले वान टचमा सुन्दर गोल गरेका थिए । लगत्तै दिनेशको प्रहारलाई गोलरक्षकले बचाए । ४३ औं मिनेटमा नवयुगको हेडरले पोष्टको दिशा लिन नसकेपछि आर्मी अग्रता दोब्बर पार्नबाट चुक्यो ।

६८औं मिनेटमा दिपक गुरुङको पासमा नवयुगले गरेको प्रहारलाई गोलरक्षक प्रदीपले बचाए । ७४औं मिनेटमा सन्तोष तामाङको फ्रि किक पोस्टबाट थोरै बाहिरियो । लगत्तै दिनेशको पासमा टंक बस्नेतले बक्सभित्र पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

७९ औं मिनेटमा टंकको क्रस पास क्रसबारमा लाग्दै बाहिरियो । ८५औं मिनेटमा टंकको क्रसमा नवयुगले बक्सभित्र बाईसाइकल किक प्रयास गरेपनि सफल हुन सकेनन् ।

Click to comment

Trending