Trending

हसिमको अर्धशतकमा प्रदेश २ को सहज जीत 

Published

on

हसिम अन्सारीले अविजित अर्धशतक प्रहार गरे पछि मनमोहन मेमोरियल कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश न. २ ले कर्णाली प्रदेशलाई आठ विकेटले पराजित गरेको छ ।
१२ रनमा ओपनरद्वय हरिशंकर झा (पाँच रन ) र सुधिर चौधरी (दुई रन) लाई गुमाएर खराब शुरुवात गरेको प्रदेश २ को जीतमा खेलको म्यान अफ द म्याच घोषित हसिमले अविजिती ८० रनको पारी खेले । ७३ बलको सामना गरेका उनले ११ चौका र एक छक्का प्रहार गरे ।
१३० रनको सामान्य लक्ष्य २२ दशमलब पाँच ओभरमा भेट्टाउने क्रममा अन्सारीले तेश्रो विकेटका लागि ५० बलमा ३३ रन बनाएका सुरज पटेलसँग अविजित ११८ रनको शाझेदारी गरे ।
यस अघि खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको कर्णालीले ३१ दशमलब पाँच ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १२९ रन बनाउन सक्यो ।
कर्णालीलाई सस्तैमा समेट्ने क्रममा महबुब आलमले सर्वाधिक तीन विकेट लिए भने हरि शंकर झा र आदिल अन्सारीले पनि समान २-२ विकेट हात पारे ।
आलमले चार दशमलब पाँच ओभरमा एक मेडन सहित ११ रन खर्चिए भने हरिले आठ ओभरमा २० तथा आदिलले चार ओभरमा १० रन मात्र दिए ।
कर्णालीको तर्फबाट कप्तान रविन्द्र जंग शाहीले सर्वाधिक ४६ रन जोडे भने दिवान पुनले २३ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने खासै ठुलो योगदान दिन नसक्दा कर्णाली सस्तैमा समेटियो ।

Click to comment

Trending