Headline

एक सय गोलको इतिहासमा साहुखलको सामान्य अन्य कुनै दिन

Published

on

आदर्श ढकाल, काठमाडौ

नेपाली लिगमा एक सय गोल गर्न निश्चय पनि गाह्रो छ । एक त लिगको टुँगो नहुने अनि डबल राउण्ड रोबिन लिग पनि बिरलै देख्न पाइने, खेलाडीले एक सय गोल गर्छु भनेर कम्मर कस्दा कतिको आधि बाटो मै करिअर समाप्त भइसकेको छ ।

करिअरको अन्त्यतिर नै भएपनि किन नहोस सन्तोष साहुखल भने अब ती खेलाडीहरुको सुचि बाट बाहिरिएका छन् । जापानको सानो तिनो लिगमा आफुलाई अभ्यस्त बनाएका सन्तोष यही बर्ष नेपाल फर्किए । उनले यो सिजनको लिगको लागि च्यासल युथ क्लब चुने र ए डिभिजन लिगमा एक सय गोल गर्ने पहिलो खेलाडी पनि बने । इतिहास उनको नाममा रह्यो । तर उनको लागि भने सामान्य अन्य कुनै दिन ।

लिग शुरु हुनु अघि साहुखलको खुबै चर्चा भयो । उनी जापानबाट फर्किएर लिग खेल्न आएको भएर मात्रै भने होइन । उनी नेपाल आउदा उनको खातामा ९६ गोल चढी सकेको थियो । शुरुवाती दुई खेलमा उनले तीन गोल गर्दै ९९ को आकडा छोए । सबैको ध्यान अझै साहुखल मै केन्द्रित भयो । 

त्यसपछिका दुई खेल साहुखल सुस्ताए । दुवै खेलमा भने उनको गोलको शतकको सबैले ब्यग्रताका साथ प्रतिक्षा गरेका थिए । अझै कुर्नपर्ने भएपछि साहुखलको एक सय गोलले थप शिर्षक बटुल्यो । बुधबार पुलिसबिरुद्धको खेलमा १७ औं मिनेटमा बराबरीको गोल गर्दा भने नेपाली घरेलु फुटबलमा नयाँ इतिहास कायम भइसकेको थियो ।

सबैको नजर अब साहुखलको प्रतिकृयामा केन्द्रित रहन पुग्यो । खेल बराबरीमै टुँगिएपछि संचारकर्मीहरु उनको सयौं गोलको प्रतिक्रिया लिन आतुर नै थिए । पहिलो प्रश्न थियो एक सय गोल गर्ने खेलाडी बन्दा कस्तो लाग्यो ? साहखलले शुरु गरेः “मैले सय गोलको बारेमा खासै सोचेको थिइन । टिमलाई कसरी माथि पु¥याउन सक्छु भन्ने मात्र सोचर बसेको थिए ।”

आकर्षक जवाब ? साहुखलको पहिलो जवाफलाई आकर्षक नै मान्नु पर्छ । नेपाली घरेलु फुटबलमा कसैले गर्नै नसकेको काम गर्दा पनि टिमको बारेमा पहिलो सोच्ने कति राम्रो मान्छे । अब थप केही आउला भनेर सबैले कुरेर बसे । तर साहुखलको जवाफ त्यति मै टुङ्गियो । लगभग दिन पनि ।

साहुखलले भारी भरकम जवाफ केही दिएनन् र मिडियाको लागि उनको ऐतिहासिक उपलब्धिको लागि साहुखलको ठोस जवाफ केही आएन । जति बेला कुनै पनि मिडियाकर्मी एक सय गोल गर्दाको भावनाको बारेमा खोतल्न चाहन्थे उत्तर त्यही नै हुन्थ्योः “मैले त टिमलाई कसरी राम्रो स्थितिमा पुगाउ भन्ने मात्र सोचेको छु ।”

केही ननिस्किएपछि त एक संचारकर्मीले त धैर्यताको बाध नै टुटे जसरी सोधेः “तपाईलाई आफू अलि चिसो मन भएको खेलाडी भए जस्तो लाग्दैन?” हसिलो तर रनभुल्लमा परेका साहुखलको प्रतिप्रश्न आयोः “चिसो मन?”

निकै नै शालीन देखिएका साहुखलले यसअघि दिएको जवाफ अनुसार अब उनले अ आज पानी परेको थियो त्यही भएर अलि चिसो नै थियो भन्लान कि भन्ने पनि थियो ।

तर त्यसपछि उनलाई अर्को प्रश्न पनि आइहाल्यो र जवाफमा त्यही थियो ।

लिग अघि जति पनि चर्चा थिए ती सबै साहुखलको गोलको शतकलाई लिएर नै थियो । उनले त्यो चर्चालाई बुधबार नजानेर नै साम्य पारिदिए । साहुखलको लागि साच्चिकै यो अन्य कुनै सामान्य गोल नै थियो । अन्त्यमा उनले भनेः “अब आउने खेलाडीहरुले यो मैले कायम गरेको इतिहासलाई तोड्नका लागि बढी गोल गर्ने प्रेरणा लिन सक्छन् ” ।  यो नै उनको सबैभन्दा उत्कृष्ट जवाफ बन्यो ।

Click to comment

Trending