Headline

साहुखल ए डिभिजन लिगमा सयौं गोल गर्ने पहिलो खेलाडी

Published

on

सन्तोष साहुखलले शहीद स्मारक ए डिभिजन लिग इतिहासमा सयौं गोल गरेका छन् ।

दशरथ रँगशालामा अहिले जारी नेपाल पुलिस बिरुद्धको खेलमा साहुखलले गोल गर्दै लिग करिअरमा सयौ गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । उनी च्यासल फुटबल क्लबबाट खेलिरहेका छन् ।

उनी पछिल्लो तीन खेलदेखि ९९ गोलमै अड्किरहेका थिए । साहुखल जापानबाट ए डिभिजन लिग खेल्न आएका हुन् । अहिलेको प्रदर्शनले उनले राष्ट्रिय टिममा पनि स्थान खोजिरहेका छन् ।

खेलमा पुलिसले चौथो मिनेटमा निर कुमार राइको गोलबाट अग्रता लिएको थियो । साहखलले १७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बुधबार नै भएको अर्को खेलमा थ्रि स्टार क्लबले ब्रिगेड बोइज क्लबलाई २–० ले पराजित गरेको थियो ।

Click to comment

Trending