Headline

मोहम्मद सलाहलाई पछि पार्दै माने अफ्रिकन बर्ष खेलाडी

Published

on

सेनेगल र लिभरपुलका फरवार्ड सादियो माने आफ्नै क्लबका मोहम्मद सललाहलाई पछि पार्दै अफ्रिकन बर्ष खेलाडी घोषित भएका छन् ।
बर्ष खेलाडी हुने क्रममा मानेले इजिप्टका फरवार्ड सलाह र म्यानचेस्टर सिटी तथा अल्जेरियन विंगर रियाद माह्रेजलाई पछि पारेका हुन् । पछिल्लो तीन बर्ष लगातार अन्तिम तीनमा पर्न सफल भएता पनि मानेले यो उपाधि पहिलो पटक जितेका हुन् । सललाहले २०१७ र १८ मा र २०१६ मा म्यानचेस्टर सिटीका रियाद महरेजले यो उपाधि जीतेका थिए ।
२७ बर्षिय मानेले गत सिजन लिभरपुलका लागि कुल ३० गोल गरेका थिए भने २०१९र२० को जारी सिजनमा १५ गोल गरिसकेका छन् । गत सिजन लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जित्दा र यस सिजन १३ अंक अघि रहँदा मानेको योगदान महत्वपूर्ण रहेको छ ।
“अफ्रिकन बर्ष खेलाडी चुनिंदा म निकै खुशी छु र गर्व महसुस गर्छु । फुटबल नै मेरो जागिर हो र म यसलाई माया गर्छु,” मानेले भने । “म मेरो परिवार, राष्ट्रिय टोली, फुटबल संघ, लिभरपुललाई धन्यवाद दिन चाहन्छु ।”

Click to comment

Trending