Headline

स्टोक्स ठूला क्षणहरुका लागि जन्मेका हुन्ः इङ्गल्याण्ड कप्तान जो रुट

Published

on

दक्षिण अफ्रिाकाबिरुद्धको दोश्रो टेस्टमा इङ्गल्याण्डलाई सनसनीपूर्ण जित दिलाएपछि कप्तान जो रुटले बेन स्टोक्स ठूलो क्षणहरुका लागि जन्मेको बताएका छन् ।

केप टाउनमा मङ्गलबार सम्पन्न दोश्रो टेस्टको अन्तिम तथा पाचौं दिन इङ्गल्याण्डलाई जितका लागि तीन विकेटको आवश्यकता रहेको थियो भने घरेलु टोली दक्षिण अफ्रिकालाई बराबरीका लागि १३ ओभर खेले पर्याप्त हुने थियो ।

२ सय ४१ रनमा ७ विकेटको स्थिति रहेको समयमा स्टोक्सले २१ बल टिकेर बसेका ड्वेन प्रिटोरियस र एनरिच नोर्टेलाई लगातार दुई बलमा पेभिलियन फर्काउदै इङ्गल्याण्डलाई जित नजिक पु¥याए । अन्तिम विकेटको रुपमा उनले एक घण्टा भन्दा बढी क्रिजमा टिकेर बसेका भर्नोन फिलान्डरको विकेट लिएपछि इङ्गल्याण्डले सनसनीपुर्ण जित रचेको थियो ।

जित हातबाट फुस्किसेको स्थितिमा दक्षिण अफ्रिकाले बराबरीका लागि प्रयास गरिरहेको थियो । सन् २०१९ को बिश्वकप जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेका स्टोक्सले इङ्गल्याण्डलाई २०२० को पहिलो जित दिलाएका थिए । उनले खेलमा एक सय रन बनाउनुका साथै ६ क्याच र तीन विकेट पनि लिएका थिए ।

“उनी यस्ता खेलाडी हुन् जो निकै नै चुनौतिपूर्ण स्थितिमा पनि कहिल्यै पछि हट्दैनन् । तपाई उनलाई निकै अप्ठ्यारो स्थितिमा राख्नुस तर उनले आफ्नो बाटो जसरी भएपनि बनाउछन्,” रुटले भने ।

बिश्वकप फाइनलमा न्युजिल्याण्डबिरुद्धको रोमाञ्चक जितमा उल्लेखनीय प्रदर्शन गरे लगत्तै स्टोक्सले अष्ट्रेलियाबिरुद्धको तेश्रो टेस्टमा पनि एसेज इतिहासकै उत्कृष्ट इनिङ्गस खेलेका थिए ।

रुटले सन् २०१६ को आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकप सम्झदै भनेः “उनले आफैलाई यस्तो स्थितिमा पु¥याएका छन् । उनी निकै सहज स्थितिबाट निकै कठिन अवस्थासम्म पनि पुगेका छन् । यही कारणले उनलाई यस्तो स्थितिमा कसरी आफूलाई सम्हालेर राख्ने राम्ररी बुझ्न सक्छन्,।”

सन् २०१६ को ट्वान्टी ट्वान्टी बिश्वकपको फाइनलमा इङ्गल्याण्ड जित नजिक पुगिसकेको स्थितिमा कार्लोस ब्राथवेटले स्टोक्सलाई लगातार ४ छक्का प्रहार गरेपछि वेष्ट इण्डिजले सनसनीपूर्ण रुपमा उपाधि जित्न सफल भएको थियो ।

Click to comment

Trending