Headline

म्यानचेस्टर डर्बिमा सिटीको युनाइटेडबिरुद्ध फराकिलो जित

Published

on

डिफेन्डिङ्ग च्याम्पियन म्यानचेस्ट सिटीले काराबाओ कप सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीमाथि ३–१ को आकर्षक जित दर्ता गरेको छ ।

ओल्ड ट्राफोर्डमा मार्कस रासफोर्डले अन्तिम समयमा एक गोल फर्काएपछि युनाइटेडको लागि इतिहादमा दोश्रो लेगका लागि जादा केही झिनो आशा भने कायमै रहनेछ । दोश्रो लेग जनवरी २९ मा हुनेछ । खेल अवधिभर सिटीले युनाइटेडलाई पूर्ण दवाबमा राखेको थियो ।

सिटीले पहिलो हाफमा नै तीन गोल गरेपछि युनाइटेडका समर्थकहरु निराश बन्न पुगेका थिए । पेप ग्वार्डियोलाले खेलमा सर्जियो अगुएरो र ग्याब्रियल जिससलाई बेञ्चमा राखेपछि बर्नार्डो सिल्भा र केभिन डि ब्रुनले अग्रपंक्ति सम्हालेका थिए ।

१७ औं मिनेटमा नै बर्नार्डोले पेनाल्टी बक्सको ठ्याक्कै बाहिरबाट गरेको प्रहार गोलपोस्टको टप कर्नरबाट छिर्दै आकर्षक गोलमा परिणत भएको थियो । बर्नार्डोकै पासमा रियाद माह्रेजले गोलकिपर डेविड डि जियालाई छक्काउदै ३३ मिनेटमा दोश्रो गोल गरेका थिए ।

त्यसको ६ मिनेट लगत्तै अर्को उत्कृष्ट टिम मुभमा डि ब्रुनले फिल जोन्सलाई पास दिए । जोन्सको प्रहार डि जियाले बचाएपनि रिबाउण्डमा आएको बल आन्द्रेय पेरिरालाई लागेर आत्मघाती गोलको रुप लिएको थियो ।

तीन गोलको फराकिलो अग्रतापछि सिटीले आराम लिदा युनाइटेडले बल्ल बल पोजेसन लिन सफल भएको थियो । तर रासफोर्डले गोल गर्नु अघि युनाइटेडले सिटीका किपर क्लाउडियो ब्राभोलाई खासै दुख दिन सकेन ।

सिटीको लापरवाहीको फाइदा उठाउदै मेसन ग्रिनउडले रासफोर्डलाई पास निकालेपछि उनले सहज गोल गरेका थिए । सिटी पछिल्लो पाँच बर्षमा तीन पटक काराबाओ कपको फाइनल पुग्ने दाउमा रहेको छ ।

Click to comment

Trending