Headline

भारतको सहज जीत 

Published

on

श्रीलंका बिरुद्धको दोश्रो ट्वान्टी ट्वान्टी खेलमा भारतले सात विकेटको सहज जीत हात पारेको छ । आजको जीत पछि भारतले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।
जीतका लागि १४३ रनको मध्यम लक्ष्य भारतले १७ दशमलब तीन ओभर खेल्दै तीन विकेटको नोक्सानीमा पार गर्यो ।
भारतको जीतमा ओपनर केएल राहुलले ३२ बलमा सर्वाधिक ४५ रन जोडे भने अर्का ओपनर शिखर धवनले पनि ३२ रनको पारी खेले । त्यस्तै श्रेयस ऐयरले ३४ तथा कप्तान बिराट कोहलीले अविजित रहँदै १७ बलमा ३० रन बनाए ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको श्रीलंकाले पुरै २० ओभर खेल्दै नौं विकेटको क्षतीमा १४२ रनको मध्यम योगफल तयार पार्न सक्यो ।  
श्रीलंकाको लागि शुरुवाती ब्याट्सम्यानहरुले ठुलो स्कोर बनाउन नसक्दा सानो योगफल मात्र बनाउन सक्यो । श्रीलंकाको लागि कुशल पारेराले सर्वाधिक ३४ रन बनाए भने आविष्का फर्नान्डोले २२ रनको पारी खेले । त्यस्तै पारीको अन्तिम तीन बलमा जस्प्रित बुम्रालाई लगातार तीन चौका प्रहार गरेका वानिन्दु डी सिल्भाले अविजित १६ रनको योगदान दिए ।  
श्रीलंकालाई मध्यम स्कोरमा रोक्ने क्रममा शार्दुल ठाकुरले सर्वाधिक तीन विकेट लिए भने नवदिप साइनी र कुलदिप यादवले समान २-२ विकेट हात पारे । आफ्नो चौथों ओभरमा सबै तीन विकेट विकेट लिएका ठाकुरले चार ओभरमा मात्र २३ रन खर्चिए भने साइनीले चार ओभरमा १८ मात्र दिए । चोट पछि फर्किएका जस्प्रित बुम्रा महँगो साबित हुँदै चार ओभरमा ३२ रन खर्चिए ।

Click to comment

Trending