Headline

लिगमा हिमालयन र फ्रेन्ड्स जीत बिहिन

Published

on

दुबै टोलीले पाएको अवसरको सदुपयोग गर्न नसक्दा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबले ए डिभिजन लिगमा गोल रहित बाराबरी खेलेका छन् । 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न नसक्दा १-१ अंकमा चित्त बुझाएका हुन् । पाँचौं चरणको खेल सम्ममा पनि दुबै टोली जीत बिहिन रहेका छन् । १२ स्थानमा रहेको हिमालयन शेर्पाले तीन खेलमा ड्र निकालेको छ भने दुई खेलमा हारको सामना गरेको छ । उता १३औं स्थानको फ्रेन्ड्सले दुई ड्र तथा तीन हार ब्यहोरेको छ ।   
दुबै टोलीबाट उत्कृष्ट खेल प्रदर्शन भएत पनि गोल भने हुन सकेन । खेलको २० औं मिनेटमा शेर्पाका सुरज हमालले डिबक्स बाहिरबाट हानेको प्रहारले पोस्टको दिशा लिन सकेन । खेलको ४३ औं मिनेटमा फ्रेन्ड्सका उत्तम राईले डिबक्स भित्रबाट गोल गर्न चुके । उनले शेर्पाका एक डिफेन्डरलाई बिट गरेर प्रहार गरेको पावर फुल सट पोस्टबारको माथिबाट गएको थियो ।

दोस्रो हाफमा पनि दुबै टोलीपाएको अवसर सदुपयोग गर्न सकेनन । खेलको ५९ औं मिनेटमा फ्रेन्ड्सका विश्व अधिकारिको फ्रिकिक शेर्पाका गोलरक्षक गिरिले पन्च गरेर गोल हुनबाट जोगाए । खेलको ७२ औं मिनेटमा शेर्पाका सुरज हमाल वान भर्सेस वानमा गोल गर्न चुके । हमालले डिबक्सभित्रबाट हानेको प्रहार फ्रेन्ड्सका गोलकिपर देव लिम्बुले पन्च गर्दै बाहिर पठाए ।

Click to comment

Trending