Trending

श्रीलंका बिरुद्ध भारत पहिले बलिङ गर्दै 

Published

on

घरेलु टोली भारतले श्रीलंका बिरुद्धको दोश्रो ट्वान्टी ट्वान्टी खेलमा पहिले बलिङ गर्ने भएको छ । इन्दोरमा हुन लागेको खेलमा भारतका कप्तान बिराट कोहलीले टस जीतेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
शृंखला अन्तर्गत गुवाहिटीमा भएको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । तीन खेलको शृंखलाको पहिलो खेल नै रद्ध भए पछि ०-० को अवस्थामा रहेको छ । आजको खेलमा जीत हात पार्ने टोलीले कम्तिमा पनि शृंखला गुमाउने छैन ।
पहिलो खेलमा पनि भारतका कप्तान बिराट कोहलीले टस जीतेर पहिले बलिंङ गर्ने निर्णय गरे । तर टस लगत्तै लगातारको वर्षाका कारण मैदानमा ओसिलो भयो । वर्षा रोकिएता पनि ओसिलो मैदान कारण ६ ओभर प्रति टोली खेलाउन पनि सम्भव नभए पछि खेल रद्ध गरिएको हो ।

Click to comment

Trending