Headline

भारत र श्रीलंका बीचको दोश्रो ट्वान्टी ट्वान्टी आज 

Published

on

घरेलु टोली भारत र श्रीलंका बीचको दोश्रो ट्वान्टी ट्वान्टी खेल आज हुँदैछ । इन्दोरमा हुने खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे शुरु हुनेछ ।
शृंखला अन्तर्गत गुवाहिटीमा भएको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । तीन खेलको शृंखलाको पहिलो खेल नै रद्ध भए पछि ०-० को अवस्थामा रहेको छ ।
पहिलो खेलमा भारतका कप्तान बिराट कोहलीले टस जीतेर पहिले बलिंङ गर्ने निर्णय गरे । तर टस लगत्तै लगातारको वर्षाका कारण मैदानमा ओसिलो भयो । वर्षा रोकिएता पनि ओसिलो मैदान कारण ६ ओभर प्रति टोली खेलाउन पनि सम्भव नभए पछि खेल रद्ध गरिएको हो ।

Click to comment

Trending