Headline

भारीको ह्याट्रिकमा आर्मी सेमीमा 

Published

on

बायाँ हाते स्पिनर सुशन भारीले ह्याट्रिक सहित सात विकेट लिए पछि इनरुवामा जारी मनमोहन मेमोरियल कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आयोजक टिम मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवा (एमएमसीसीआइ) लाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेस गरेको छ ।
पहिलो खेलमा एपीएफ क्लबलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको आर्मी दुईमा दुई नै जीत निकाल्दै समुह ‘ए’ को समुह बिजेताका रुपमा सेमीमा प्रवेस पाएको हो ।
भारीले घातक बलिङ गरे पछि खेलमा टस टस जीतेर पहिले ब्याटिंङ गरेको इनरुवा १९ दशमलब तीन ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ५६ रन बनाउन सक्यो । जवाफी ब्याटिंग गरेको आर्मीले पाँच ओभर खेल्दै बिना विकेटको क्षतीमा जीत आत्मसाथ गर्यो ।
इनरुवालाई सानो योगफलमा रोक्ने क्रममा खेलको म्यान अफ द म्याच घोषित भारीले आठ दशमलब तीन ओभर बलिंङ गर्दै तीन मेडन ओभर राख्दै १६ रन खर्चिएर सात विकेट हात पारे । सात विकेट लिने क्रममा उनले ह्याट्रिक पनि पुरा गरे । भारीले सात दशमलब दुई, तीन र चार ओभरमा क्रमसः सुशान्त तिमिल्सिना, अल्फाज़ मन्सुरी र सरोज बस्नेतको विकेट निकाल्दै ह्याट्रिक लिएका हुन् ।
भारी बाहेक हरि बहादुर चौहानले दुई तथा शाहब आलमले एक विकेट हात पारे ।
ब्याटिंग तर्फ आर्मीका कुशल मल्लले १९ बलको सामना गर्दै पाँच चौका र दुई छक्काको मद्धतमा अविजित ३५ रन बनाए ।

Click to comment

Trending