Headline

रस टेलर बने न्युजिल्याण्डको लागि सर्वाधिक रन बनाउने खेलाडी 

Published

on

न्युजिल्याण्डका मध्यक्रमका ब्याट्सम्यान रस टेलर आफ्नो देशको लागि टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बन्न सफल भएका छन् ।
अस्ट्रेलिया बिरुद्धको टेस्टको दोश्रो पारीको चौथों दिनको खेलमा टेलरले पुर्व कप्तान स्टेफेन फ्लेमिंगलाई पछि पार्दै न्युजिल्याण्डको लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् ।
फ्लेमिंगको किर्तिमान भंग पार्न २१ रन आवस्यक रहेको अवस्थमा ब्याटिंग गर्न आएका टेलरले नाथन लायोनको बलमा तीन रन लिंदै न्युजिल्याण्डको लागि टेस्टमा सर्वाधिक रनको किर्तिमान बनाए । न्युजिल्याण्डको लागि ९९ टेस्ट खेलेका टेलरले ४६ दशमलब दुई आठको औसतमा कुल सात हजार एक सय ७४ रन बनाएका छन् । फ्लेमिंगले भने एक सय ११ टेस्टमा ४० दशमलब शुन्य छको औसतमा सात हजार एक सय ७२ रन बनाएका छन् ।
सन् २००७ मा दक्षिण अफ्रिका बिरुद्धको टेस्टमा डेब्यु गरेका टेलरले टेस्टमा १९ शतक र ३३ अर्धशतक पनि आफ्नो नाममा लेखाएका छन् । टेलर एकदिवसीय खेलमा पनि न्युजिल्याण्डको लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् भने टेस्टमा आफ्नो देशको लागि धेरै शतक बनाउने खेलाडीको सुचीमा कप्तान केन विलियमसन पछि दोश्रो नम्बरमा रहेका छन् । उनले एकदिवसीय खेलमा आठ हजार तीन सय ७६ रन बनाएका छन् ।
न्युजिल्याण्डको लागि टेस्टमा धेरै रन बनाउने किर्तिमान बनाए पछि कुरा गर्दै टेलरले भने, ‘किर्तिमान आफ्नो नाममा लेखाउन पाउँदा निकै खुशी छु । आशा छ म अझै दुई बर्ष जति खेल्न सक्नेछु ।’
‘धेरैले मलाई मेरो सन्यास घोषणा गर्ने बेला आएको बताउँछन् तर म क्रिकेटमा रमाई रहेको छु र अझै केहि समय यसमै रमाउन चाहान्छु ।’

Click to comment

Trending