Headline

मनाङ र मच्छिन्द्र बीचको रोमान्चक खेल बराबरीमा  

Published

on

शाहीद स्मारक ‘ए’ डिभिजन लिगको दुई दाबेदार मनाङ मर्स्यङ्दी र मच्छिन्द्र फुटबल क्लबको खेल २-२ को रोमन्चक बराबरीमा सकिएको छ।
त्रिपुरेश्वर स्थित दसरथ रङशालामा भएको खेलको दोश्रो मिनेटमा नै फेमी जोसुवालेको गोलको मद्धतमा मनाङले अग्रता लियो । पहिलो हाफमा दुबै टोलीले एक पछि अर्को गोल गर्ने प्रायस गरेता पनि गोलमा परिणत हुन नसक्दा १-० को अवस्थामा सकियो ।
दोश्रो हाफको पहिलो मिनेटमा सुजल श्रेष्ठले गाेल गर्दै खेललाई १-१ गाेलकाे बराबरीमा ल्याए । ८१औ मिनेटमा एडिलाजा साेमिडेले गाेल गर्दै मछिन्द्रलाई २-१ काे अग्रता दिलाए । तर खेलको अन्त्य तिर ८८औ मिनेटमा विमल रानाले गाेल गर्दै खेललाई २-२ गाेलकाे बराबरीमा ल्याए ।
‘डिस्को कन्ड’ मा मुछिएर प्रतिबन्ध पछि फर्किएका अन्जन बिष्ट ले उत्कृष्ट खेल प्रदर्शन गर्दै मनाङलाई शुरुवाती अग्रता दिलाउन मद्धत गरे । अन्जनले मैदानको दाँया भाग बाट दिएको लोभ लाग्दो क्रसलाई हेडिङ गर्दै फेमी जोसुवाले गोल गरेका थिए।
१२औ मिनेटमा कमल श्रेष्ठले प्रहार गरेको फ्रिकिक्क बललाई हेड गर्ने क्रममा बेदेशी खेलाडी भिडल लुइसको हेडिङले दिशा लिना सकेन। त्यस्तै १५औ मिनेटमा बिशाल राइले २ डिफेन्सलाई बिट गर्दै दिएको पासलाई मच्छिद्रका सोमिडे ओलुवुन्मीले प्रहार गर्न सकेनन ।
एक पछि अर्को मुभ गरेको मछिन्द्रले २१ औ मिनेटमा रन्जित धिमालले सेन्टर लाइन थोरी अगाडिबाट प्रहार गरेको फ्रिकिक सोमिडे ओलुवुन्मीलाई भेटाए पनि उनले प्रहार गरेको हेडिङले भने गोल भेटउन सकेन ।
३१औ मिनेटमा मच्छिन्द्रले पाएको अर्को फ्रिकिक्क सदुपयोग गर्न सकेन। रन्जित धिमलले प्रहार गरेको फ्रिकिक फ्रेममा पर्न सफल भएपनी दिप कार्कीले बचाए । ३९औ मिनेटमा अबिशेक रिजालको प्रहार सोझै दिप कार्कीले बचाए । ४२औ मिनेटमा रन्जित धिमालको लोभलाग्दो क्रसमा अविशेक रिजालले गोल गर्न चुके।
पहिलो हाफमा १-० ले अगाडी रहेको मनाङ दोस्रो हाफको ४६औ  मिनेटमा सुजल श्रेष्ठले गाेल गर्दै खेललाई १-१ गाेलकाे बराबरीमा ल्याए । सुजलकाे प्रहार पहिलाे बारमा लाग्दै गाेलमा परिणत भएकाे थियाे ।
८१औ मिनेटमा एडिलाजा साेमिडेले गाेल गर्दै मछिन्द्रलाई २-१ काे अग्रता दिलाए । उनको हेडरलाई  डिफेन्डर र गाेलरक्षक दुबैले राेक्ने कुनै माैका नै पाएनन् ।
८८औ मिनेटमा विमल रानाले गाेल गर्दै खेललाई २-२ गाेलकाे बराबरीमा ल्याए । जगजित श्रेष्ठकाे क्रसमा गाेलरक्षक विशाल श्रेष्ठले पञ्च गरे पनि रिवाउन्डमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका विमलले ६ यार्ड बक्सभित्रबाट गरेकाे प्रहार गमेलमा परिणत भएकाे थियाे ।
खेल सकिए पछी दुबै टोली आक्रमक हुँदा तनवपूर्ण स्थिती श्रीजना हुन पुगेको थियो। खेलमा सब्टिटुड भाईसकेका रन्जन बिष्ट खेल सकिए लगतै अक्रमक हुँदै मैदानमै पुगे पछी रेफ्रीले उनलाई रातो कार्ड देखएका थिए । स्थिति तनाबग्रस्त बने पछि प्रहरी मैदानमा नै छिर्न परेको थियो ।
खेल सँगै मनाङले ११ अंक जोड्दै पहिलो स्थानमा यथावत रहेको छ भने मच्छिन्द्र १० अंकका साथ दोस्रो र ९ अंकका साथ त्रिभुवन आर्मी क्लब तेस्रोमा रहेको छ।

Click to comment

Trending