Headline

भारत र श्रीलंका बीचको पहिलो ट्वान्टी ट्वान्टी खेल वर्षाका कारण रद्ध  

Published

on

पाहुना टोली श्रीलंका र भारत बीचको पहिलो ट्वान्टी ट्वान्टी खेल वर्षाका कारण रद्ध भएको छ । तीन खेलको शृंखलाको पहिलो खेल नै रद्ध भए पछि ०-० को अवस्थामा रहेको छ ।
आजको खेलमा भारतका कप्तान बिराट कोहलीले टस जीतेर पहिले बलिंग गर्ने निर्णय गरे । तर टस लगत्तै गुवाहिटीमा लगातारको वर्षाका कारण मैदानमा ओसिलो भयो । वर्षा रोकिएता पनि ओसिलो मैदान कारण ६ ओभर प्रति टोली खेलाउन पनि सम्भव नभए पछि खेल रद्ध गरिएको हो ।
अब भारत र श्रीलंकाको दोश्रो ट्वान्टी ट्वान्टी खेल मंगलबार इन्दोरमा हुनेछ ।

Click to comment

Trending