Headline

कुशल मल्लको अलराउण्ड प्रदर्शनमा आर्मीको सहज जीत 

Published

on

युवा खेलाडी कुशल मल्लको अलराउण्ड प्रदर्शनमा समुह ‘ए’ मा रहेको विभागीय टोली नेपाल आर्मीले मनमोहन मेमोरियल कप एकदिवसीय प्रतियोगितामा अर्को विभागीय टोली एपीएफलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
आर्मीको जीतमा खेलको म्यान अफ म्याच घोषित कुशल मल्लले ब्याटिंग तर्फ तुफानी पारी खेल्दै  ६३ बलमा १११ रन बनाए भने बलिंग तर्फ दुई विकेट हात पारे ।
ढिला गरेर शुरु भएका कारण ४६ ओभर प्रति इनिङ्ग्समा छोट्ट्याएको खेलमा २८१ रनको विशाल योगफल पक्ष्याएको एपीएफले ३९ दशमलब तीन ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १७३ रन बनाउन सक्यो ।
एपीएफलाई रोक्ने क्रममा शाहब आलमले सर्वाधिक चार, कुशल मल्लले दुई विकेट लिए भने बिक्रम सोब, सुशन भारी र भिम शार्कीले पनि समान १-१ विकेट हात पारे ।
एपीएफको तर्फबाट पृथु बास्कोटले सर्वाधिक ३६ रन बनाए भने ओपनर शंकर रानाले पनि ३२ रनको पारी खेले । एपीएफका ब्याट्सम्यानहरुले उलेख्य शाझेदारी गर्न नसक्दा फराकिलो हारको सामना गर्न पुग्यो ।
यस अघि खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको आर्मीले पुरै ४६ ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर २८१ रनको विशाल योगफल तयार पार्यो ।

आर्मीको लागि चौथों नम्बरमा ब्याटिंग गर्न आएका कुशल मल्लले बिस्फोटक एक सय ११ रन बनाए । ६३ बलको सामना गरेका उनले पाँच चौका र १३ छक्का प्रहार गरे ।
१४ दशमलब चार ओभरमा टोलीको ३८ रनको अवस्थमा ओपनर राजु रिजाल (३७ बलमा नौं रन) र तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका हरिबहादुर चौहान (गोल्डेन डक आउट) गुमाए पछि आएका कुशलले ८८ बलमा ४१ रन बनाएका अर्का ओपनर अनिल मण्डलसँग तेश्रो विकेटका लागि ८५ रन जोडे । त्यस्तै कुशलले रोहितसँग मिलेर चौथों विकेटको लागि ७२ रनको शाझेदारी गर्दै आर्मीको पारी सम्हाले ।
आर्मीको लागि आठौं नम्बरमा ब्याटिंग गर्न आएका राजेश पुलामी मगरले २४ बलमा ३८, रोहित कुमार पौडेलले २६ तथा बिक्रम सोबले १४ रनको योगदान दिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एपीएफका कप्तान बसन्त रेग्मीले सर्वाधिक चार विकेट लिए भने अमर सिंह राउटेलाले पनि दुई विकेट हात पारे । १० ओभर बलिंग गरेका बसन्तले ५४ रन खर्चिए ।

Click to comment

Trending