Trending

म पुतला बन्न मिलान आएको हैनः ज्लाटन इब्राहिमोभिच

Published

on

ज्लाटन इब्राहिमोभिचले आफु पुतला बनेर बस्नको लागि एसी मिलान नआएको बताएका छन् । ३८ बर्षिय इब्राहिमोभिच भर्खरै अमेरिकी क्लब एलए ग्यालेक्सीको अनुबन्धन सक्किएपछि आफ्नो पुरानो क्लब एसि मिलान फर्किएका हुन् ।

मिलानका लागि ६ महिनाको अनुबन्ध गरे पछि प्रतिक्रिया दिंदै ज्लाटन भन्छन्ः “मैलें अझै पनि जोस गुमाएको छैन । म रोस्सोनेरिको पुतला बन्नका लागि मिलानमा अनुबन्धित भएको होइन ।”

इब्राहिमोभिचले छ महिनाको अनुबन्ध गरे पनि अर्को सिजनका लागि अनुबन्ध गर्ने बिकल्प सहित मिलान आएका हुन् । स्विडेन र म्यानचेस्टर युनाइटेडका पुर्व स्ट्राइकर इब्राहिमोभिचले सन् २०१० देखि २०१२ को सिजन मिलानका लागि लागि ४२ खेल खेल्दै कुल ६१ गोल गरेका थिए । “मलाई थाहा छ मैलें के गर्न पर्छ । ज्लाटनको अस्तित्व अझै समाप्त भइसकेको छैन,” उनले भने ।

गत नोभेम्बरमा एलए ग्यालेक्सी छाडे पछि फ्रि एजेन्ट बनेका इब्राहिमोभिच अहिले ३८ बर्षको उमेरमा उनले २० बर्षको हुँदा भन्दा पनि बढी प्रस्ताबहरु पाएको पनि जनाए ।

“म फेरी मेरो आफ्ना पुराना दिनहरुका लागि आएको हु । मैंले मिलानले एट्लान्टासँग ५–० को हार व्यहोरे पछि धेरै प्रस्ताबहरु प्राप्त गरें, इब्राहिमोभिचले भने । म यहाँ रोस्सोनेरिको पुत्ला बन्न आएको हैन । मैंले आफ्नो जोश गुमाएको छैन ।”

सात पटकको युरोपियन बिजेता मिलानले सन् २०११ मा इटालियन सिरी ए को उपाधि चुमे पछि कुनै पनि ठुलो उपाधि हात पार्न सकेको छैन । इब्राहिमोभिचले सन् २०१२ मा पनि आफ्नो इच्छाले भन्दा पनि क्लबले चाहेकोले क्लब छाड्न परेको जनाए ।

“पछिल्लो पटक मैंले मेरो स्विकृती बिना नै क्लब छाड्न परेको हो । त्यो बेला परिस्थिति नै त्यस्तै थियो । पहिले के भयो भन्नु भन्दा पनि म फेरी फर्किएको छु र यो नै महत्वपुर्ण हो । म जति सक्दो राम्रो गर्न प्रयास गर्छु ।”

Click to comment

Trending