Headline

क्रिकेट बिश्वकप लिग टुमा नेपालले पहिलो खेल ओमानसँग खेल्ने (पुरा खेल तालिका सहित)

Published

on

आईसिसि क्रिकेट बिश्वकप लिग टु अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा ओमानको सामना गर्ने भएको छ ।

नेपालले लिग टु अन्तर्गतको पहिलो त्रिकोणत्मक श्रंखलामा यही माघ २२ देखि २९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा ओमान र अमेरिकासँग खेल्न गइरहेको छ । यसको लागि नेपालले त्रिवि मैदान र पिचको स्तरोन्नति गरिरहेको छ भने नेपाली राष्ट्रिय टोलीको पनि बन्द प्रशिक्षण शुरु हुन गइरहेको छ ।

त्रिवि मैदानमा पहिलो खेल २२ गते बुधबार ओमानसँग खेल्ने नेपालले दोश्रो खेल शनिबार अमेरिकासँग खेल्नेछ । बिहिबार त्रिवि मैदानमा ओमान र अमेरिका खेल्नेछन् । क्रिकटिङ्गनेपाललाई प्राप्त जानकारी अनुसार २४ गते शुक्रबार बिश्रामको दिन रहेको छ ।

लगातार दुई खेल खेल्ने कार्यक्रम रहेको नेपालले २६ गते आइतबार फेरि ओमानसँग खेल्नेछ । सोमबार दोश्रो बिश्राम दिन रहेको छ । २८ गते ओमान एक पटक फेरि आमने–सामने हुनेछन् भने त्यसको भालिपल्ट अन्तिम दिन नेपाल र अमेरिका खेल्नेछन् ।

लिग टु नेपाल सिरिजको तालिका

माघ २२ नेपाल भर्सेज ओमान

माघ २३ ओमन भर्सेज अमेरिका

माघ २५ नेपाल भर्सेज अमेरिका

माघ २६ नेपाल भर्सेज ओमान

माघ २८ अमेरिका भर्सेज ओमान

माघ २९ नेपाल भर्सेज अमेरिका

Click to comment

Trending