Headline

बार्सिलोना रोकिएपछि ला लिगाको शिर्ष स्थानमा तिब्र प्रतिस्पर्धा

Published

on

बार्सिलोना इस्पान्योलसँग २–२ गोलको बराबरीमा रोकिएपछि स्पेनिस ला लिगाको शिर्ष स्थानमा कडा प्रतिस्पर्धा चलेको छ ।

शनिबार नै रियल म्याड्रिडले गेटाफेलाई पराजित गरेपछि दुई चिर प्रतिद्वन्दीको १९ खेलपछि समान ४० अंक रहेको छ भने बार्सिलोना गोल अन्तरको आधारले मात्र अघि रहेको छ । शनिबारको खेलमा घरेलु टोली इस्पान्योलले डेविड लोपेजको गोलमार्फत २३ औं मिनेटमा अग्रता लिएको थियो ।

दोश्रो हाफ शुरु भएको पाँच मिनेटमै बार्साले लुइज सुवारेजको गोलमार्फत बराबरी गरेको थियो । त्यसको ९ मिनेट पछि आर्टुरो भिडालले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । खेल बार्साको पोल्टामा जाने छाटकाट देखि रहदा वु लि ले ८८ औं मिनेटमा गोल गर्दै इस्पान्योललाई जोगाएका थिए ।

यसअघि रियलले गेटाफेलाई ३–० ले पराजित गर्दै केही घण्टाका लागि शिर्ष स्थानमा उक्लिएको थियो । डेविड सोरियाको आत्मघाती गोलबाट अग्रता लिएपछि रियलको जितलाई फराकिलो बनाउने काम रफायल भाराने र लुका मोड्रिचले गरेका थिए ।

शनिबार नै भएको अर्को खेलमा एथ्लेटिको म्याड्रिडले लेभान्तेलाई २–१ ले पराजित ग¥यो । एथ्लेटिको र सेभियाको समान ३५ अंक रहेको छ । एथ्लेटिको तेश्रो स्थानमा रहेको छ ।

Click to comment

Trending