Headline

टोटनह्यामलाई ठूलो धक्का, हेरी केन लामो समय मैदान बाहिर

Published

on

टोटनह्याम हटस्पर र इङ्गल्याण्ड टोलीका कप्तान तथा स्ट्राइकर हेरी केन लामो समय मैदान बाहिर रहने भएका छन् । केनलाई ह्यामस्ट्रिङ्गको चोटले सताएको छ ।

साउथ्याम्प्टन बिरुद्ध घरेलु मैदानमा भएको खेलका क्रममा खुट्टा खोच्च्याउँदै हिंडेका उनको खेल पछि स्क्यान गर्दा ह्यामस्ट्रिंग च्यात्तिएको देखाएको थियो । उनी अब कम्तीमा पनि मार्च सम्म मैदान बाहिर रहनु पर्ने भएको छ ।

केनको बारेमा क्लबले घाइते भएको पुष्टि गरेको छ भने म्यानेजर होजे माउरिन्होले यसलाई दुखद समाचार बताएका छन् । टोटनह्यामले आफ्नो प्रेस बिज्ञप्ति जारी गर्दै केनको दायाँ ह्यामस्ट्रिङ्ग च्यात्तिएको जनाएको हो ।

मार्चमा टोटेन्ह्यामले ६ खेल खेल्ने भएकोले केनको चोटले अब क्लबलाई पनि नराम्ररी पिरोल्ने भएको छ । इङ्गलिस प्रिमियर लिगको टोटेन्ह्याम अंक तालिकाको छैठौं स्थानमा रहेको छ । मार्चमै उसले घरेलु मैदानमा लिभरपुल र म्यानचेस्टर सिटीको सामना गर्ने छ भने एक खेल चेल्सीसँग स्ट्यामफोर्ड ब्रिजमा खेल्नु पर्नेछ ।

उनको चोटले क्लबमात्र नभई अब इङ्गल्याण्ड टोलीलाई पनि असर गर्नेछ । यहि जुन–जुलाईमा आयोजना हुने युरो कपमा देशको कप्तानी गर्न पर्ने भएकाले केन जति सक्दो चाँडो चोट मुक्त हुन चाहन्छन् ।

केन को हुन् र के हुन् तथा आफ्नो टोली, फ्यान र क्लबका लागि के हुन् भन्ने सबैलाई थाहा छ,ु माउरिन्होले बताए । उनको क्षमता, उनले टोलीसँग खेलेको तालिका, उनले नखेल्ने समय हामी उनलाई मिस गर्नेछौं ।

केनले टोटनह्याम र इङ्गल्याण्डको लागि यस सिजन ३१ खेल खेल्दै २७ गोल गरिसकेका छन् ।

Click to comment

Trending