राष्ट्रिय

सन्दिपको तीन विकेटमा मेलबर्नको शिर्ष स्थानमा पकड 

Published

on

बिग व्यस लिग अन्तर्गत छैठौं चरणको खेलमा मेलबर्न स्टार्सको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेले तीन विकेट निकालेसँगै आठ विकेटको सहज जीत हात पारेको छ ।
आजको जीत पछि पहिलो स्थानमा यथावत रहेको मेलबर्नले अंक तालिकामा आफ्नो पकड मजबुत बनाएको छ । छ खेल खेलेको मेलबर्न पाँच जीत र एक हारका साथ १० अंक सहित अंक तालिकाको पहिलो स्थानमा छ र दोश्रो स्थानको सिड्नी सिक्सर्स भन्दा दुई अंकले अघि रहेको छ ।
आज मेलबर्न रेनेगेड्स बिरुद्धको खेलमा सन्दिपले उत्कृस्ट बलिंग गर्दै तीन विकेट हात पारेका छन् । चार ओभर बलिंग गरेका सन्दिपले २६ रन खर्चिएर तीन विकेट हात पारेका हुन् ।
यस अघि मेलबर्न स्टार्सको सिड्नी थन्डरसँगको खेलमा इन्जुरीका कारण खेल गुमाएका सन्दिपले पहिलो दुई ओभरमा १९ रन खर्चिएर विकेट बिहिन रहे भने बाँकी दुई ओभरमा सात रन मात्र खर्चिए भने तीन विकेट पनि हात पारे ।
मेलबर्नको लागि सातौं तथा आफ्नो पहिलो ओभरमा एक चौका सहित कुल सात रन खर्चिएका सन्दिपले दोश्रो ओभरमा एक चौका सहित १२ रन खर्चिए ।
टोलीको लागि १५औं ओभर लिएर आएका सन्दिपले मात्र चार रन खर्चिए भने दुई विकेट पनि हात पारे । सन्दिपले तेश्रो ओभरको तेश्रो बलमा ३३ बलमा ४३ रन बनाएका सन मार्शलाई तथा त्यसको दुई बल पछि डेनियल क्रिस्टेनलाई पहिलो बलमा नै स्टम्पिंग मार्फत आउट गराए ।
त्यस्तै आफ्नो चौथों तथा अन्तिम ओभरमा मात्र तीन रन खर्चिएका सन्दिपले आफ्नो अन्तिम बलमा टम कुपरलाई एलबिडब्लुको शिकार बनाए ।
सन्दिपको उत्कृस्ट बलिंगको मद्धतमा खेलमा टस हारेर पहिले ब्याटिंग गरेको मेलबर्न रेनेगेड्सले २० ओभरमा नौं विकेट गुमाएर १४२ रनको मध्यम योगफल खडा गर्यो । जवाफी ब्याटिंग गरेको मेलबर्नले ओपनर मार्कस स्टिनिसको अविजित ६८ तथा कप्तान ग्लेन म्याक्सवेलको अविजित ४२ रनको मद्धतमा आठ विकेटको सहज जीत हात पारेको हो ।

Click to comment

Trending