Headline

ओमान र अमेरिका शृंखलाको लागि नेपाली टोलीको बन्द प्रशिक्षण पोखरामा गर्ने 

Published

on

आगामी फेब्रुअरी पाँच देखि १२ तारिख सम्म नेपालमा आयोजना हुने विश्वकप छनोट लिग दुईको लागि नेपाली टोलीले आफ्नो बन्द प्रशिक्षण पोखरामा गर्ने भएको छ । त्यस्तै नेपाली टोलीले आगामी हफ्ताबाट प्रशिक्षण पनि शुरु गर्ने भएको हो ।
क्रिकेटिंगनेपालसँग कुरा गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले नेपालमा आयोजना हुन लागेको विश्वकप छनोट लिग दुई अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि नेपाली टोलीको बन्द प्रशिक्षण पोखरामा गर्ने बताए ।
‘प्रतियोगिता आउनका लागि करिब एक महिना मात्र बाँकी रहेको छ । टियु क्रिकेट मैदानमा पिच तथा आउटफिल्डको कामहरु धमाधम जारी रहेको छ । जसले गर्दा टियुमा अभ्यास गर्न गारो छ । हुन त मुलपानी पनि रहेको छ तर पनि हामी पोखरामा बन्द प्रशिक्षणको लागि पहल गर्दै छौं,’ अध्यक्ष चन्दले बताए ।
‘नेपाली टोलीमा रहेका प्राय खेलाडीहरु इटहरीमा जारी मनमोहन मेमोरियल कप एकदिवसीय खेलमा ब्यस्त रहेकाले हामी १-२ दिनमा नै कहिलेबाट र कहाँ बन्द प्रशिक्षण राख्ने टुंगो लगाउने छौं । भोलि अथवा पर्सि (आइतबार / सोमबार) हामी बोर्ड मिटिंग राखेर यस बारेमा निर्णय गर्नेछौं ।’

Click to comment

Trending