Trending

वर्षा बाधक हुँदा प्रदेश ५ एमएम कपबाट बाहिरियो 

Published

on

मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तरर्गत प्रदेश ३ सँगको आफ्नो दोश्रो खेल वर्षाका कारण रद्ध भए पछि प्रदेश ५ प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा ६८ रनको फराकिलो अन्तरले पराजित भएको प्रदेश ५ दुई खेलमा एक अंक भए पछि प्रतियोगिताबाट बाहिरिएको हो ।
जीतका लागि १९० रनको मध्यम लक्ष्य लिएर ब्याटिंगमा आएको प्रदेश ५ ले दुई दशमलब एक ओभरमा नौं रन बनाएर एक विकेट गुमाएको अवस्थामा वर्षा शुरु भयो र लगातारको वर्षा नारोकिंदा खेल बराबरीमा टुंगियो ।
यस अघि खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको प्रदेश ३ ले ४५ दशमलब दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर १८९ रनको झिनो योगफल तयार पार्न सक्यो ।
प्रदेश ३ को लागि विकेट किपर तथा कप्तान सुबाश खकुरेलले सर्वाधिक ४२ रन बनाए । ओपनिंगमा आएका उनले ६५ बलको सामना गर्दै पाँच चौका प्रहार गरे । उनले पहिलो विकेटका लागि ओपनिङमा आएका रित गौतमसँग मिलेर २७ रन तथा दोश्रो विकेटका लागि इशान पाण्डेसँग ४५ रन जोडे । आक्रमक शुरुवात गरेका रितले २० बलमा तीन चौका र एक छक्काको मद्धतमा २२ तथा पाण्डे १२ रन जोड्दै आउट भए ।
त्यस पछिका अन्य ब्याट्सम्यानले उलेख्य शाझेदारी गर्न नसक्द प्रदेश ३ सानो योगफलमा समेटिएको हो ।प्रदेश ३ का अन्य ब्याट्सम्यानहरुमा आदिल खान २६, सोनु तामांग १५ रनमा आउट भए भने जितेन्द्र सिंह ठकुरीले रनको खाता पनि खोल्न भ्याएनन् । ३२ दशमलब छ ओभरमा १४४ रनको अवस्थमा सात विकेट गुमेको प्रदेश ३ का बलरहरु प्रतिष जिसीले १८, रामनरेश गिरीले १७ तथा नन्दन यादवले १० रन जोडे ।
प्रदेश ३ को पारी धोस्त पार्ने क्रममा खेलको म्यान अफ द म्याच घोषित प्रदेश ५ का विशाल बिक्रम केसीले सर्वाधिक पाँच विकेट लिए भने अनिल खरेलले पनि दुई विकेट आफ्नो नाममा दर्ता गरे । १० ओभर बलिंग गरेका विशालले दुई मेडन सहित ३४ रन तथा अनिलले आठ दशमलब दुई ओभरमा २३ रन खर्चिए ।

Click to comment

Trending