Headline

दक्षिण अफ्रिकाका पुर्व कप्तानले एभरेष्ट प्रिमियर लिग खेल्ने

Published

on

दक्षिण अफ्रिकाका पुर्व टेस्ट कप्तान तथा ओपनिङ्ग ब्याट्सम्यान हसिम आमला आगामी चैतमा टियु क्रिकेट मैदानमा आयोजना हुने एभरेस्ट प्रिमिएर लिगमा खेल्ने भएका छन् ।

क्रिकेटिङ्गनेपाललाई प्राप्त जानकारी अनुसार आमला ईपिएल खेल्न नेपाल आउने पक्का भएको हो । उनी कुन टोलीबाट खेल्ने भन्ने अझै टुंगो भने लागि सकेको छैन । दक्षिण अफ्रिकी खेलाडी नै भित्र्याउने क्रममा गत बर्ष पोखरा राइनोजले रिचार्ड लेभिलाई खेलाएको थियो ।

३६ बर्षिय आमलाले दक्षिण अफ्रिकाको लागि १२४ टेस्ट, १ सय ८१ एकदिवसीय र ४४ ट्वान्टी ट्वान्टी अन्तराष्ट्रिय खेलेका थिए । सन् २०१४ बाट सन् २०१६ सम्म दक्षिण अफ्रिकाको टेस्ट कप्तान रहेका उनले टेस्टमा ४६ दशमलब ६४ को औसतमा कुल ९ं हजार २ सय ८२ रन बनाएका थिए । उनले टेस्टमा २८ शतक तथा ४१ अर्धशतक आफ्नो नाममा लेखाएका थिए ।

त्यस्तै १८१ एकदिवसीय खेलमा आमलाले ४९ दशमलब ४६ को औसतमा ८ हजार १ सय १३ रन बनाएका थिए भने २७ शतक र ३९ अर्धशतक प्रहार गरेका थिए । ४४ ट्वान्टी ट्वान्टी अन्तराष्ट्रिय खेलेका उनले १२ सय ७७ रन बनाएका थिए भने आठ अर्धशतक प्रहार गरेका थिए ।

आमलाले इण्डियन प्रिमिएर लिगमा किंग्स ११ पन्जाबबाट खेलेका थिए । सन् २०१६ र सन् २०१७ को संस्करण खेलेका आमलाले कुल १६ खेल खेलेका थिए । पहिलो सिजनमा छ खेल खेलेका उनले एक अर्धशतक सहित १५७ रन बनाएका थिए भने दोश्रो सिजनमा समान २–२ शतक र अर्धशतक सहित १० पारीमा ४२० रन बनाएका थिए ।

Click to comment

Trending