Headline

लिभरपुल प्रिमियर लिगमा एक बर्ष नै अपराजित

Published

on

इङ्गलिस प्रिमियर लिगको अग्रस्थानमा रहेको लिभरपुल सेफिल्ड युनाइटडलाई २–० ले पराजित गर्दै एक पुरा बर्ष अपराजित रहने एक मात्र टोली बन्न सफल भएको छ ।

भाग्यले साथ दिएपछि लिभरपुलले बिहिबार भएको खेलको चौथा मिनेट अग्रता बनाएको थियो । जर्ज बाल्डोक चिप्लिएपछि एण्डी रोर्बटसनले मोहम्मद सलाहलाई सहज गोलको अवसर मिलाइदिएका थिए । सलाहकै पासमा सादियो मानेले आफ्नो दोश्रो प्रयासमा गोल गर्दै लिभरपुललाई यो सिजन १९ औं जित दिलाएका थिए ।

जितपछि लिभरपुलको अंक तालिकामा १३ अंकको अग्रता कायम नै रहेको छ । मात्र एक खेलमा बराबरी गरेको लिभरपुलको २० खेलबाट ५८ अंक भएको छ । दोश्रो स्थानमा रहेको लेस्टरको ४५ र तेश्रो स्थानको म्यानचेस्टर सिटीको ४४ अंक भएको छ । दुवैले समान २१ खेल खेलेका छन् ।

लिभरपुलले २०१९ मा खेलेका ३७ खेलहरुमा ८९ गोल गरिसकेको छ । यसअघि उसले गत सिजन जनवरी ३ मा भएको म्यानचेस्टर सिटीबिरुद्धको खेलमा २–१ को पराजय बेहोरेको थियो । लिभरपुलले यो सिजन पराजय बेहोरेको च्याम्पियन्स लिगमा मात्रै हो । लिग चरणमा लिभरपुललाई इटालियन क्लब नापोलीले पराजित गरेको थियो ।

योर्गन क्लोपको व्यवस्थापनमा प्रिमियर लिगमा एक बर्ष अपराजित रहने लिभरपुल तेश्रो टोली हो । यसअघि आर्सनल र चेल्सीले पनि एक बर्ष प्रिमियर लिगमा पराजित नभई टुङ्गाएका थिए ।

Click to comment

Trending