Headline

युनाइटेड मिडफिल्डर पोग्बा चार हप्तालाई मैदान बाहिर

Published

on

म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पल पोग्बा चार हप्ता मैदान बाहिर रहने भएका छन् ।

२६ बर्षिय फ्रेन्च खेलाडी पोग्बाको गोलीगाठोको शल्यकृया गर्न पर्ने भए पछि उनी चार साता मैदान बाहिर रहने भएका हुन् । युनाइटेडका म्यानेजर ओले गनर सोल्सायरका अनुसार पछिल्लो समय गोलीगाठोमा समस्या देखिएका पोग्बाको शल्यकृया गर्न पर्ने भएको र ठिक भएर मैदानमा आउनका लागि उनलाई कम्तिमा पनि तीन देखि चार हप्ता लाग्ने बताएका हुन् ।

जारी सिजनमा मात्र आठ खेल खेलेका पोग्बा नयाँ बर्षको दिन आर्सनलसँगको खेलमा पनि टोलीमा समावेश गरिएका थिएनन् । उक्त खेलमा युनाइटेड २–० ले पराजित भएको थियो । गोलीगाठोमा समस्या देखिए पछि सेप्टेम्बर अन्त्यबाट मैदान बाहिर रहेका पोग्बा गत महिना मात्र खेलमा फर्किएका थिए ।

“पोग्बालाई चिकित्सकहरुले छिटो भन्दा छिटो गोलीगाठोको शल्यकृया गर्न सुझाब दिएका छन् । हामी छिटै नै उनको शल्यक्रिया गर्नेछौं । म्यानचेस्टरको लागि यो ठूलो झड्का हो । पोग्बासँगै स्कट म्याक्टोमिने पनि घाइते भए पछि मैदान बाहिर रहेका छन्,” म्यानेजर सोल्सायरले बताए ।

“हामी पोग्बा छिटो भन्दा छिटो मैदानमा फर्कियोस भन्ने आशा राख्दछौं । बढीमा एक महिनामा । तर जुन हिसाबले फ्रेड र नेमान्जा माटिकले आर्सनलसँगको खेलमा खेले म निकै खुशी हुनेछु ।” ट्रान्सफर विन्डो खुला रहेको र पोग्बा घाइते भएता पनि उनलाई नबेच्ने सोल्सायरले यस अघि जनाई सकेका छन् ।

Click to comment

Trending