Headline

आशिषको दुई गोलमा एपिएफद्वारा सरस्वती पराजित

Published

on

आशिष लामाले २ गोल गरेपछि नेपाल एपिएफ क्लबले सरस्वती युवा क्लबलाई शहीद स्मरक ए डिभिजन लिगमा २–१ ले पराजित गरेको छ ।

खेलको पहिलो मिनेटमै एपीएफ प्रविण स्यङ्तानको प्रहार डिफेन्डरलाई लाग्दै बहिरिन पुगेको थियो । १० औ मिनेटमा प्रविणको सुन्दर क्रसलाई अरु खेलाडीले भेट्टाउन सकेनन् । १२ औ मिनेटमा सरस्वतीका कृष्ण गोपाल श्रेष्ठले गरेको प्रहार बहिरिन पुग्यो । १४औ मिनेटमा फेरी एपिएफको आक्रमण बनाउने क्रममा सुदिप शिखरकारको क्रसलाई प्रविणले पोस्टको दिशा दिन सकेनन ।

सरस्वतीका मनिष थापाले २५ औ मिनेटमा गरेको प्रहारमा गोलपोस्ट तगारो बन्न पुग्यो । ४५ औ मिनेटमा दिपेश श्रेष्ठले गरेको प्रहारलाई फेरी पनि अमृत कुमार चौधरीले बचाएपछि पहिलो हाफ बराबरीमा टुङ्गिन पुग्यो ।

५४औ मिनेटमा एपीएफको मुभलाई बिफल बनाउने क्रममा सरस्वतीका गोलरक्षक प्रदिप भट्टराईले आशिषको प्रहार रोकिदिए । ६०औ मिनेटमा आशिषको क्रसमा कप्तान नबिन लामा गोल गर्न चुके । एपिएफले लगातार दवाब बनाइराख्दा उसलाई ६३ औ मिनेटमा सफलता हात लाग्यो ।

वान भर्सेस वानको स्थितिमा प्रविण चुकेपनि रिबाउन्ड आएको बललाई पोस्ट तिर प्रहार गर्दै आशिषले ट्याप इन गर्दै सुन्दर गोल गरे। ८६ औ मिनेटमा सरस्वतीका मनिष थापाको लेफ्ट फुटेड सट पोलमा लाग्न पुग्यो । इन्जुरी समयको पहिलो मिनेटम नबिन लामाको पासलाई सदुपायोग गर्दै आशिषले अर्को गोल गरेपछि एपिएफको जित पक्का हुन पुग्यो ।

इन्जुरी समयको अन्तिम समयमा सरस्वतीका बिनोद केसीले सान्त्वना गोल गरेका थिए । यो खेल सँगै एपीएफ ४ अंक सहित लिगको ११ औ स्थानमा उक्लेको छ । अहिलेसम्म एक खेल पनि नजितेको सरस्वती अन्तिम स्थान मा रहेको छ ।

Click to comment

Trending