१३औं दक्षिण एसियाली खेलकुद

आक्रमक अनुको स्वर्णसँगै नेपालको स्वर्ण सख्या १२ पुग्यो

Published

on

अनु अधिकारीले एकपक्षीय खेलमा श्रीलंकन खेलाडी डन पाउलु बदल्गेलाई टेक्निकल नकआउट हानेपछि नेपालले १३ औं दक्षिण

एसियाली खेलकुदमा करातेमा सोमबार खेलिएका ९ स्पर्धामा ९ वटामा स्वर्ण पदक जित्न सफल भएको छ ।  निकै नै आक्रमक खेलेकी अनुको अगाडी बङ्गलादेश र श्रीलंकाका दुवै बिपक्षी तीन मिनेट पनि टिक्न सकेका थिएनन् । ५० केजी मुनिको तौल समुहमा अनुले पहिलो खेलमा बङ्गलादेशी फामिदा अख्तरलाई ८–० ले पराजित गरिन् । उनको जितसँगै नेपालको स्वर्ण संख्या १३ पुगेको छ ।

अख्तर नकआउट हुदा अझै ५० सेकेण्ड बाकी रहेको थियो । बदल्गेको अनुको अगाडी पूर्ण रुपमा चल्न सकिनन् । एक मिनेट १६ सेकेण्ड बाकी हुँदा बदल्गे नकआउट भएकी थिइन् । तीन मिनेट अगाडी ८ अंक लिएको खण्डमा बिपक्षी टेक्नीकल नकआउट हुन्छ ।

नेपाल सोमबार भएका ९ मध्ये मात्र दुई स्पर्धामा चुकेको थियो । कुसुम खड्काले नेपालका लागि ११ औं स्वर्ण पदक जितेकी थिइन् । कुसुमले फाइनलमा बङ्गलादेशकी मोञ्जेरा बोर्नालाई ३–२ ले हराइन् ।

नेपालका लागि बिप्लव लाल श्रेष्ठ, मण्डेकाजी श्रेष्ठले एकल काता र टिम काता, महिला टिम काता र लक्ष्मण खड्काले स्वर्ण जितेका थिए । नेपालले साग औपचारिक रुपमा शुरु भएको दोश्रो दिन तेक्वान्दोमा चार स्वर्ण र ट्रयाथ्लनमा एक स्वर्ण जितेको छ ।

Click to comment

Trending