१३औं दक्षिण एसियाली खेलकुद

करातेमा नेपाललाई छैटौं स्वर्ण, कुसमलाई नेपालको लागि ११ औं सफलता

Published

on

कुसुम खड्काले नेपालका लागि १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ११ औं स्वर्ण पदक जितेकी छिन् ।

कुसुमले फाइनलमा बङ्गलादेशकी मोञ्जेरा बोर्नालाई ३–२ ले हराइन् । करातेमा नेपालले अहिले सम्पन्न ८ स्पर्धामध्ये ६ मा स्वर्ण पदक जितिसकेको छ । कुसुमले ४५ मुनि तौल समुहमा जितेकी हुन् ।

यसअघि नेपालका लागि बिप्लब लाल श्रेष्ठले १० औं स्वर्ण दिलाएका थिए । निकै नै आक्रमक खेल प्रस्तुत गरेका बिप्लवले पुरुष कुमुते ८४ केजी माथि तौल समुहमा पाकिस्तानका मोहम्मद बाजलाई ६–५ ले पराजित गर्दै स्वर्ण जितेका हुन् । बिप्लवले २–० ले पछि रहेको स्थितिबाट जित हात पारेका थिए । अन्तिम ४० सेकेण्ड ३–४ ले पछि परेका बिप्लवले दुई अंक खोस्दै अग्रता लिएपछि जितको जग बसाएका थिए ।

यसअघि बिप्लवले श्रीलंकन खेलाडीलाई ८–० को फराकिलो अन्तरले हराएका थिए । यसअघि दिवस श्रेष्ठ फाइनलमा चुक्न पुगेका थिए । नेपालको हालसम्म १० स्वर्ण र दुई रजत पदक भइसकेको छ ।  नेपालले तेक्वान्दोमा चार र ट्रयाथ्लनमा एक स्वर्ण जितेको हो ।

Click to comment

Trending