१३औं दक्षिण एसियाली खेलकुद

बिप्लबलाई करातेमा पाचौं स्वर्ण, नेपालले स्वर्णमा दोहोरो अंक छोयो

Published

on

बिप्लब लाल श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई १० औं स्वर्ण दिलाएका छन् । करातेले पाँच स्वर्ण जितिसकेको छ ।

निकै नै आक्रमक खेल प्रस्तुत गरेका बिप्लवले पुरुष कुमुते ८४ केजी माथि तौल समुहमा पाकिस्तानका मोहम्मद बाजलाई ६–५ ले पराजित गर्दै स्वर्ण जितेका हुन् । बिप्लवले २–० ले पछि रहेको स्थितिबाट जित हात पारेका थिए । अन्तिम ४० सेकेण्ड ३–४ ले पछि परेका बिप्लवले दुई अंक खोस्दै अग्रता लिएपछि जितको जग बसाएका थिए ।

यसअघि बिप्लवले श्रीलंकन खेलाडीलाई ८–० को फराकिलो अन्तरले हराएका थिए । यसअघि दिवस श्रेष्ठ फाइनलमा चुक्न पुगेका थिए । नेपालको हालसम्म १० स्वर्ण र दुई रजत पदक भइसकेको छ ।

Click to comment

Trending