१३औं दक्षिण एसियाली खेलकुद

तेक्वान्दोमा आयशालाई स्वर्ण, दिवस फाइनलमा चुके

Published

on

११ दक्षिण एसियाली खेलकुदकी स्वर्ण बिजेता आयशा शाक्यले दक्षिण एसियाली खेलकुदमा आफ्नो दोश्रो स्वर्ण पदक जितेकी छिन् ।
सातदोबाटोमा जारी प्रतियोगितामा आयशाले महिला ३० बर्षमाथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । आयशाले ढाकामा भएको ११ औ

दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण जितेकी थिइन् । उनी भारतमा भएको १२ औं सस्करणमा भने चुकेकी थिइन् ।
यता करातेमा भने दिवस श्रेष्ठ जितेको फाइल पनि हार्न पुगे । पाकिस्तानी अवेस मुहम्मदबिरुद्धको खेलमा अन्तिम १५ सेकेण्ड बाकी रहँदा २–१ ले अग्रता लिएका दिवसले अफेन्समा गएपछि अंक दिन पुगेका थिए ।

६ सेकेण्ड बाकी रहदा क्याटेगोरी टु अफेन्स (अबैधानिक रुपले हात उचालेको) फल गरेपछि उनी अयोग्य घोषित भएका थिए । करातले हालसम्म चार स्वर्ण जितेको छ भने तेक्वान्दोको पनि स्वर्ण संख्या चार पुगेको छ । नेपालको अहिलेसम्म ९ स्वर्ण र दुई रजत भइसकेको छ ।

लक्ष्मण तामाङले पुरुष करातेको कुमुते ५५ केजी तोल समुहमा नेपाललाई स्वर्ण जिताएका थिए । उनले फाइनलमा बङ्गलादेशका मोहम्मद मुस्तफा कमललाई पराजित गरेका हन् । लक्ष्मण १–० ले बिजयी भए ।

यस्तै पार्वतीले महिला तेक्वान्दोको पुम्सेमा स्वर्ण पदक चट्काइन् । उनले २३–२९ बर्ष उमेर समहुमा स्वर्ण जितिन् । यसअघि तेक्वान्दोकै पुम्सेमा सिता मादेन लिम्बुले स्वर्ण पदक दिलाएकी थिइन् । तीन स्वर्ण जितेको तेक्वान्दाका लागि कमल श्रेष्ठ पुम्सेमै फाइनलमा बिजयी भएका थिए ।

करातेमा मण्डे काजी श्रेष्ठले नेपाललाई दोहोरो स्वर्ण दिलाएका थिए । उनले एकल काता र टिम काता दुवै तर्फ स्वर्ण जितेका थिए । उनको काता टोलीमा महसुस तामाङ र प्रविण मानन्धर रहेका थिए ।

नेपालले महिला कातामा पनि स्वर्ण जितेको थियो । नेपाली टोलीमा निर्मला तामाङ, सङ्गिता मगर र सरु कार्की रहेका थिए ।  नेपालले महिला टिम कातामा पनि स्वर्ण जितेको थियो भने पोखरामा महिला ट्रयाथ्लन एलिट स्प्रिन्टमा सोनी गुरुङले स्वर्ण हात पारिसकेकी छिन् ।

Click to comment

Trending