१३औं दक्षिण एसियाली खेलकुद

मण्डेलाई दोहोरो स्वर्ण, कुल स्वर्ण ६ पुग्यो

Published

on

१३ औं दक्षिण एसियाली खेलकुदमा मण्डे काजी श्रेक्ष्ठले दोहोरो स्वर्ण पदक जितेका छन् । करातेको एकल कातामा स्वर्ण जितेका मण्डेले टिम कातामा पनि स्वर्ण पदक हात पारेका छन् ।

महसुस तामाङ, प्रबिन मानन्धर र मण्डे सम्मिलित नेपाली टोलीले श्रीलंकालाई फाइनलमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । यो सँगै नेपालको स्वर्ण संख्या ६ पुगेको छ ।

टिम काताको फाइनलमा नेपालले २५ दशमलव ५४ अंक प्राप्त गरेको थियो भने श्रीलंकाले २५ दशमलव २८ । यसअघि १३ औं संस्करणको पहिलो स्वर्ण पनि नेपाललाई मण्डेले नै दिलाएका थिए । मण्डेले फाइनलमा पाकिस्तानी खेलाडीलाई पराजित गरेका थिए ।

नेपालको लागि पाचौं स्वर्ण तेक्वान्दोमा आएको थियो । सिना मादेन लिम्बुले पुम्सेमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । यसघि पुम्सेमै कमल श्रेष्ठले तेक्वान्दोमा पहिलो स्वर्ण दिलाएका थिए ।

नेपालले महिला टिम कातामा पनि स्वर्ण जितेको थियो भने पोखरामा महिला ट्रयाथ्लन एलिट स्प्रिन्टमा सोनी गुरुङले स्वर्ण हात पारिसकेकी छिन् ।

 

Click to comment

Trending