१३औं दक्षिण एसियाली खेलकुद

नेपालको स्वर्ण संख्या चार पुग्यो, कराते, तेक्वान्दो र ट्रायथ्लनमा बिजयी

Published

on

१३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको स्वर्ण पदक संख्या चार पुगेको छ ।

करातेमा मण्डे काजी श्रेष्ठले स्वर्ण पदक जितेसँगै नेपालले थप तीन स्वर्ण हात पारिसकेको छ । आयोजक नेपालका सोनी गुरुङले ट्रयाथ्लनमा, कमल श्रेष्ठले तेक्वान्दोमा र महिला टोली करातेमै स्वर्ण जितेका हुन् ।

नेपालले दिनको शुरुवात चञ्चला दनुवारको रजत पदकबाट गरेको थियो । चञ्चला महिला एकल काताको फाइनलमा पाकिस्तानकी साहिदासँग पराजित भएकी थिइन् । लगत्तै मण्डेले पुरष एकल काताको फाइनलमा पाकिस्तानकै नमतुल्लाहलाई पराजित गरेका थिए ।

यता पोखरामा सम्पन्न ट्रायथ्ल्नको एलिट स्प्रिन्ट स्पर्धामा सोनी गुरुङले नेपालका लागि स्वर्ण जितिन् । एलिट स्प्रिन्टमा ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड रहेको छ ।

यस्तै पुरुष तेक्वान्दोको पुम्सेमा कमलले भारतका राहुल जैनलाई हराए । कमलले ८ दशमलव २७० अंक प्राप्त गरेका थिए भने राहुलले ८ दशमलव २०० । दिनको चौथो स्वर्ण नेपाललाई महिला टिम कातामा प्राप्त भएको थियो ।

नेपालले यसअघि नै महिला भलिबलमा रजत पदक पक्का गरिसकेको छ । उसले फाइनलमा भारतको सामना गर्नेछ ।

Click to comment

Trending