१३औं दक्षिण एसियाली खेलकुद

मण्डे काजीले जिते नेपालका लागि पहिलो स्वर्ण

Published

on

नेपालले १३ औं दक्षिण एसिया खेलकुदमा पहिलो स्वर्ण पदक जितेको छ । कराते खेलाडी मण्डे काजी श्रेष्ठले नेपालको लागि पहिलो स्वर्ण पदक जितेका हुन् ।

उनले फाइनलमा पाकिस्तानका नमतुल्लाहलाई पराजित गरे । यसअघि करातेमै नेपालले पहिलो रजत पदक जितेको हो ।
चञ्चला दनुवारले एकल कातामा नेपालका लागि रजत पदक जितेकी हुन् । उनि फाइनलमा पाकिस्तानकी साहिदासँग पराजित भइन ।

साहिदाले फाइनलमा २५.८२ अंक जोडिन् भने चञ्चलाले २४.६२ अंक जोडी रजतमा चित्त बुझाइन् । जारी सागमा नेपालको यो पहिलो रजत हो। चंचलाले समुह चरणमा श्रीलंका र भुटानलाई हराएकी थिइन् ।

नेपालले यसअघि नै महिला भलिबलमा रजत पदक पक्का गरिसकेको छ भने ब्याडमिन्टनको टिम इभेन्टतर्फ पनि दुई कास्य आफ्नो नाममा लेखाइसकेको छ ।

Click to comment

Trending