Euro 2020

युरो कपमा बिश्वकप बिजेता फ्रान्स ग्रुप अफ डेथमा

Published

on

२०१८ को बिश्वकप बिजेता फ्रान्स युरो कप २०२० अन्तर्गत ग्रुप अफ डेथमा परेको छ ।

रोमिनियको राजधानी बुखारेस्टमा गएराति भएको ड्र मा फ्रान्स ग्रुप एफमा परेको हो जसमा डिफेन्डिङ्ग च्याम्पियन पोर्चुगल र २०१६ को बिश्वकप बिजेता जर्मनी रहेका छन् । ग्रुप एफमा प्ले अफबाट आउने अर्को टोली समावेश हुनेछ ।

युरोकप इतिहासको समुह चरण बिश्वकप बिजेता र युरो कप बिजेता दोश्रो पटक भिड्न गइरहेका हुन । यो ग्रप अफ डेथ नै हो, जर्मनी प्रशिक्षक योआकिम लुले भनेका छन् ।

अर्को कठिन समुह मानिएको ग्रुप ए मा इटाली, स्विट्जरल्याण्ड, टर्की र वेल्स रहेका छन् भने ग्रप डीमा बिश्वकप उपबिजेता क्रोएसियासँगै इङ्गल्याण्ड र चेक रिपब्लिक रहेका छन् । उक्त सुमहमा प्ले अफबाट अर्को टोली छनोट हुन बाकी रहेको छ ।

ग्रुप बि मा बेल्जियम, रसिया, डेनमार्क र पहिलो पटक ठूलो प्रतियोगिता खेलिरहेको फिनल्याण्ड रहेको छ । नेदरल्याण्ड्स र युक्रेन सम्मिलित ग्रुप सीमा अष्ट्रिया र प्लेअफको अर्को टोली रहनेछ । ग्रप इ मा स्पेन, पोल्याण्ड, स्विडेन र प्लेअफको एक टोली रहेको छ ।

पहिलो पटक युरो कप बिभिन्न देशले एकै साथ १२ देशले आयोजना गर्न गइरहेको हो । आयोजक राष्ट्रहरु अजरबैजान, डेनमार्क, जर्मनी, इङ्गल्याण्ड, हँगेरी, इटाली, नेदरल्याण्ड्स, रिपब्लिक अफ आयरल्याण्ड, रोमानिया, स्कटल्याण्ड र स्पेन रहेका छन् ।
इङ्गल्याण्डको वेम्बली स्टेडियममा सेमिफाइल र फाइनलका खेलहरु हुनेछन् ।

Click to comment

Trending