१३औं दक्षिण एसियाली खेलकुद

साग बास्केटबलः नेपालको समुहमा बङ्गलादेश, माल्दिभ्स र भुटान

Published

on

१३ दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष बास्केटबालमा नेपालको समुहमा चिर प्रतिद्वन्दी बङ्गलादेशसँगै माल्दिभ्स र भुटान परेको छ ।

समुह ए मा रहेको नेपालले मंसिर २० गते माल्दिभ्सको सामना गर्नेछ । नेपालले दोश्रो खेलमा २१ गते बङ्गलादेशबिरुद्ध खेल्नेछ भने त्यसको भोलिपल्ट अन्तिम लिग खेलमा भुटानसँग भिड्नेछ ।

समुह बी मा स्वर्ण पदकको दाबेदार भारत, श्रीलंका र पाकिस्तान रहेको छ । समुह चरणमा पहिलो दुई स्थान हात पार्ने टोली सेमिफाइनल प्रवेश गर्नेछ ।

यस्तै महिला बास्केटबलमा समुह बी मा रहेको नेपालको समुहमा बङ्गलादेश र भुटान रहेका छन् । आफ्नो पहिलो खेल नेपालले मंसिर १९ गते बङ्गलादेशसँग खेल्नेछ भने दोश्रो खेलमा मंसिर २२ गते भुटानको सामना गर्नेछ । समुह ए मा भारत, पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेका छन् ।

राउण्ड रोबिन लिगका आधारमा हुने थ्रि बाई थ्रि बास्केटबलको पुरुषतर्फ नेपाल, पाकिस्तान, श्रीलंका र बङ्गलादेश रहेका छन् भने महिलातर्फ नेपाल, पाकिस्तान र श्रीलंका रहेका छन् ।

यसअघि माल्दिभ्सले दुवैतर्फ सहभागिता जनाउने भने पनि अन्त्यमा उसले आफ्नो नाम फिर्ता लिएको, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले विस्पोर्टजलाई जानकारी दिएका छन् ।

टाईसिट ड्र गरिसकिएकोले थ्रि बाई थ्रिको तालिकामा हेरेफेर हुने सम्भावना रहेको छ । बास्केटबल अन्तर्गतका सबै खेलहरु दशरथ रँगशालास्थित कभर्ड हलमा हुनेछ ।

फुल कोर्ट टाइसिट

Date Match Category Time
December 5 Bhutan vs Bangladesh Men’s 10:30 AM
Pakistan vs Sri Lanka Men’s 1:00 PM
Bangladesh vs Bhutan Women’s 3:30 PM
Nepal vs Bangladesh Women’s 6:00 AM
December 6 Nepal vs Maldives Men’s 8:00 AM
Pakistan vs Sri Lanka Men’s 10:30 AM
India vs Pakistan Women’s 1:00 PM
Maldives vs Sri Lanka Women’s 3:30 PM
Bangladesh vs Bhutan Women’s 6:00 PM
December 7 Nepal vs Bangladesh Men’s 8:00 AM
Bhutan vs Maldives Men’s 10:30 AM
Sri Lanka vs India Men’s 1:00 PM
India vs Maldives Women’s 3:30 PM
Pakistan vs Sri Lanka Women’s 6:00 PM`
December 8 B’desh vs Maldives Men’s 8:00 AM
Nepal vs Bhutan Men’s 10:30 AM
India vs Sri Lanka Women’s 1:00 AM
Nepal vs Bhutan Women’s 3:30 PM
December 9 First semi-final Men’s 10:00 AM
Second semi-final Men’s 12:30 AM
First semi-final Women’s 3:00 AM
Second semi-final Women’s 5:30 AM
December 10 All Finals From 8:00 AM-3:30 PM

Click to comment

Trending