१३औं दक्षिण एसियाली खेलकुद

समर्थकको साथसँगै महिला टोलीको साग भलिबलमा इतिहास (फोटो फिचर)

Published

on

नेपाली महिला भलिबल टोली इतिहास रच्दै पहिलो पटक दक्षिण एसियाली खेलकुदको फाइनल प्रवेश गरेको छ ।दशरथ रँगशालास्थित कभर्ड हलमा शनिबार भएको सेमिफाइनलमा श्रीलंका लाई पराजित गर्दै नेपाली टोली १३ औं संस्करणमा आएर फाइनल प्रवेश गरेको हो । 

सेमीफाइनल खेलमा एक तर्फ नेपाली खेलाडी श्रीलंकाका खेलाडी माथि हाबी हुँदै थिए भने अर्को तर्फ समर्थकको हुटिंगमा निरिह भए श्रीलंकन खेलाडी । के बुढा, के बच्चा, विवाहित महिला हुन् या पुरुष आफ्नो साना बच्चा सहित नेपाली टोलीको समर्थनमा कभर्ड हलमा उपस्थित भएर नेपाली टोलीलाई हौसायका थिए ।     

शनिबारको जितपछि नेपालले कम्तिमा पनि रजत पदक आफ्नो नाममा पक्का गरेको छ ।  नेपालले पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पार्यो । दोश्रो सेटमा घरेलु टोली २५–१८ ले बिजयी भएपछि २–० को अग्रता लिन सफल भयो । प्र्रतिभा मालिको स्पाइकसँगै नेपालले अन्तिम सेट २५–२१ ले जितेको थियो ।

यसअघि नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य पदक जितेको थियो ।इतिहासकै पहिलो फाइनल खेल्ने क्रममा नेपालले अब चिर प्रतिद्वन्दी तथा स्वर्णको प्रबल दाबेदार भारतको सामना गर्नेछ । 

तस्बिर :- कौशल अधिकारी  / विस्पोर्ट्ज़ 

 

Click to comment

Trending