Headline

ब्याडमिन्टनका प्रिन्स, क्रिकेटकी कवितालाई सुदुरपश्चिम स्पोर्टस अवार्ड

Published

on

व्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर सुदूरपश्चिम स्पोर्टस अवार्डमा उत्कृष्ट घोषित भएका छन् ।

पहिलो पटक आयोजना भएकोसुदूरपश्चिम स्पोर्टस अवार्ड कार्यक्रममा उनीहरुलाई बर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी घोषणा गरिएको हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको अवार्डमा प्रिन्सले क्रिकेटका खडक वोहोरा र भारत्तोलनका सागर भण्डारीलाई पछि पारेका हुन् ।

उनले दुबई जुनियर ईन्टरनेसनल सिरिजको अण्डर–१५ मा स्वर्ण पदक जित्दा नेपालले पहिलो पटक ब्याडमिन्टनको उमेर समुहमा अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेको थियो । प्रेसिडेन्टस कप जुनियर इन्टरनेसनल ब्याडमिन्टन च्याम्पियनसिपमा अण्डर–१५ र अण्डर–१९ मा पनि प्रिन्सले स्वर्ण पदक जितेका थिए ।

साउथ एसियन रिजनल च्याम्पियनसिपमा अण्डर–२१ तर्फ मेन्स डबल्समा रजत पदक जितेका उनले अन्नपूर्ण इन्टरनेसनल ब्याडमिन्टनमा अण्डर–१९ मा स्वर्ण र मेन्स सिंगल्समा पनि रजत पदक हात पारेका थिए ।

बर्षको उत्कृष्ट महिला खेलाडी बन्न सफल कविताले गत जनवरीमा थाइल्याण्डमा भएको टि–२० स्म्यासमा पाँच खेलमा २ विकेट लिन सफल भएकी थिईन् । उनी नेपालका लागि ११ ट्वान्टी–२० अन्तराष्ट्रिय खेलममा ९ विकेट लिन पनि सफल भइन् ।

प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशलाई फाइनल पु¥याउने क्रममा कविताको प्रदर्शन उत्कृष्ट रहेको थियो । उनी प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश स्तरीय खेलकूद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई च्याम्पियन बनाउने क्रममा ‘प्लेयर अफ दी सिरिज’ नै बनेकी थिईन् ।
बर्षको उत्कृष्ट युवा खेलाडी भने भारात्तोलनका सागर भण्डारी भए । उनले सुदुरपश्चिम प्रदेशलाई भारात्तोलनमा २२ बर्षपछि स्वर्ण पदक दिलाएका थिए । उनले गत बर्ष खेलेको खेलमा आफ्नै प्रशिक्षक जीवन गौतमले दिलाएको स्वर्ण पदकको खडेरी तोड्न सफल भएका थिए । उनले सुनिललाल मेमोरियल कपमा भारात्तोलन प्रतियोगितामा स्वर्णमाथि कब्जा गरेका थिए । जुनियर तौल समुहमा एसियन गेममा समेत उनी सहभागी भएक थिए ।

बर्षको उत्कृष्ट प्रशिक्षक भने सागरकै प्रशिक्षक जीवन भए । कोरियामा भएको एसियन सिनियर कप भारात्तोलन प्रतियोगितामा गौतमले नेपाललाई एक रजत र दुई कास्य दिलाएका थिए ।

यस्तै स्पेशल अवार्ड भने कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दिपक सिंहलाई प्रदान गरियो । आफ्नो तीन बर्षे कार्यकालमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई स्पेशल अवार्डबाट सम्मान गरिएको हो ।

कैलाली जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा २०७२ असोज १४ गते नियुक्त भएर २०७६ असोज १४ गते कार्यकाल सम्पन्न गर्नुभएका दिपकवहादुर सिंहले आफ्नो कार्यकालमा देशभरीमै कैलाली जिल्ला खेलकुदलाई उत्कृष्ट तेस्रो बनाउनुभयो ।

लाईफ टाईम अचिभमेन्ट अवार्ड भने सुदूरपश्चिमको खेल जगतका हस्ती श्याम सुन्दर शर्मालाई प्रदान गरिएको छ । उनलाई क्रिकेट र फुटवलमा लामो समयसम्म योगदान दिए बापत सम्मान गरिएको हो ।

चार विधाका खेलाडीलाई नगद २५ हजार र लाईफ टाईम तथा स्पेशस अवार्ड विजेतालाई १० हजार नगद सहित सम्मान गरियो । कैलाली हस्पिटल स्पोर्टस अवार्डको मुख्य प्रायोजक रहेको थियो ।

Click to comment

Trending