Headline

बिबिसीलाई लिगको सयौं खेलमा जितको खुशी

Published

on

ब्रिगेड ब्वाइज क्लबले शहीद स्मारक ए डिभिजन लिगको आफ्नो एक सयौं खेलमा जित हात पार्दै सम्झन योग्य बनाएको छ ।

लिग इतिहासको सयौं खेलमा जित दिलाउने काम भने भेटेरान बिजय गुरुङले गरे । उनको एक मात्र गोलमा बिबिसिले मङ्गलवार एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित ग¥यो ।

बिबिसीले खेलको पहिलो हाफमै आग्रता लिएको थियो । १७ औं मिनेटमा विजयले पेनाल्टी एरियाबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै गोलमा परिणत हुँदा शेर्पाका गोलरक्षक किशोर गिरी मुकदर्शक बने ।

२९ औं मिनेटमा शिशिर लेखीको कर्नरमा ताजुदिन बुसारीको हेडर बाहिरिदा बीबीसीले अग्रता दोब्बर पार्ने मौका खेर फाल्यो । ३५ औं मिनेटमा विजयले एकल प्रयासमा पेनाल्टी बक्स भित्र गरेको सशक्त प्रहारलाई गोलरक्षक किशोरले उत्कृष्ट बचाउ गरे । ४५ औं मिनेटमा अनिल गुरुङको प्रहार बहिरिन पुग्यो ।

दोस्रो हाफमा कुनै गोल नभएपनि दुवै टोलीले राम्रा अवसरहरुमा चुकेका थिए । ६४ औं मिनेटमा त्रिदेव गुरुङको सशक्त प्रहार बिबिसीका गोलरक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गर्दा शेर्पा बराबरीबाट चुक्यो । ७९ औं मिनेटमा त्रिदेवकै ब्याक फ्लिक पासलाई सञ्जय धिमालले राम्ररी नियन्त्रणमा लिन सकेनन् ।

लगत्तै बिशालले अर्को उत्कृष्ट बचाउ गरेपछि शेर्पा पुन अभागी साबित भयो । ८६ औं मिनेटमा सञ्जयले बक्स भित्रबाट गरेकोसशक्त प्रहार बिशालले पञ्च गर्दै शेर्पालाई बराबरीबाट टाढा राखेका थिए । ९० औं मिनेटमा विजयले वान भर्सेस वानकै अवस्थामा गरेको प्रहारलाई शेर्पाका गोलरक्षक किशोरले पञ्च गर्दै बचाए ।

इन्जुरी समयमा शेर्पा १० खेलाडीमा समेटियो । निरज बस्नेत दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिए । लिगमा दोस्रो जित निकालेको बिबिसीको ६ अंक रहेको छ । हिमालयन शेर्पाको भने ४ खेलमा २ बराबर र २ हार सहित २ अंक मात्र रहेको छ ।

Click to comment

Trending