Headline

मनाङको बिजयी यात्रा थामियो, फ्रेण्डसले रोक्यो बराबरीमा

Published

on

लिगकै पहिलो अंक हासिल गर्ने क्रममा फ्रेन्ड्स क्लबले मनाङ मस्र्याङ्गदी क्लबको बिजयी यात्रामा पूर्णबिराम लगाएको छ ।

एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा फ्रेन्ड्सले मनाङलाई एक–एक गोलको बराबरीमा रोक्यो । रञ्जन बिष्टको गोलबाट अग्रता लिएको मनाङलाई उत्तम राइले गोल गर्दै बराबरीमा राकेका थिए । बराबरीका बावजुद मनाङ चार खेलबाट १० अंक सहित शिर्षस्थानमा यथावत रहेको छ । दोश्रो स्थानको मच्छिन्द्रको पनि चार खेलबाट ९ अंक रहेकोछ ।

पहिलो हाफमा फ्रेन्ड्सलाई दवाबमा राख्न सफल भएको मनाङले ११ औं मिनेटमा अग्रता लिएको थियो । जगजित श्रेष्ठको कर्नरमा फ्लिक हेडरमा गोल गर्दै रञ्जनले मनाङलाई अग्रता दिलाएका थिए । त्यसपछि पनि थुप्रै अवसर सृजना गरेको मनाङले गोल थप्न भने सकेन ।

१७ औं मिनेटमा फ्रेन्ड्सका विश्व अधिकारीको प्रहार मनाङका गोलरक्षक दिप कार्कीले मुस्किलले बचाएका थिए । ३४ औं मिनेटमा फ्रेन्ड्सले पेनाल्टी अपिल गरेपनि रेफ्रीले नकारिदिए । लुइस भिडालले फिलिपे डि सौजालाई पेनाल्टी बक्समा फल गरे पछी फ्रेन्ड्सका खेलाडीहरुले अपिल गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा फ्रेन्ड्सले बराबरीको सुन्दर मौका खेर फाल्न पुग्यो । प्रेजेन तामाङको प्रहारलाई मनाङक डिफेन्डरले गोललाइन नजिकबाट क्लियर गरिदिएका थिए । ४३ औ मिनेटमा रन्जन बिष्टको अर्को प्रहारले पोस्टको दिशा लिन सकेन ।

मनाङले दोस्रो हाफमा पनि फ्रेन्ड्सलाई लगातार दवाबमा राख्न सफल भएपनि उल्टै गोल खान पुगेको थियो । ६३ औ मिनेटमा रमेश बर्तौलाको क्रसमा उत्तम राइले उत्कृष्ट डाइभिङ हेडर गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

Click to comment

Trending