Headline

मुस्तफा एक पटक फेरि उत्कृष्ट, ज्ञानेन्द्र बेस्ट ब्याट्स्म्यान

Published

on

युएई राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहन मुस्तफाले एक पटक फेरि नेपाली ट्वान्टी ट्वान्टी फ्राञ्चाइज लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

पोखरा प्रिमियर लिग बिजेता चितवन राइनोजबाट खेल्दै मुस्तफाले उत्कृष्ट प्रदर्शन गरेपछि म्यान अफ द सिरिज नै घोषित भए । शनिबार भएको फाइनलमा पारस खड्काको कप्तानीमा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले पराजित गरेको थियो ।

मुस्तफाले पोखरा प्रिमियर लिगमा ब्याटिङ्ग र बलिङ्ग दुवै तर्फ उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले तीन अद्र्धशतक सहित २ सय ६ रन बनाए भने ९ विकेट पनि लिएका थिए । उनले यसअघि धनगढी प्रिमियर लिगमा पनि टिम चौराहा धनगढीबाट खेल्दै म्यान अफ द सिरिज पाएका थिए ।

यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याट्स्म्यान काठमाडौं गोल्डेन वारियर्सका कप्तान ज्ञानेन्द्र मल्ल घोषित भए । धनगढी ब्लुजबिरुद्ध आकर्षक शतक प्रहार गरेका ज्ञानेन्द्रले २०१ रन बनाएका थिए । उत्कृष्ट बलर चितवनै करण केसी भएका थिए । उनले कुल १४ विकेट लिएका थिए ।
शनिबार सम्पन्न फाइनलमा पनि उनले तीन विकेट लिएका थिए । मुस्तफा, ज्ञानेन्द्र र करणले टिभिएस अपाचे बाइक पाएका थिए ।

बिराटनगर टाइटन्सका ब्याट्स्म्यान लोकश बम मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । उनले एक लाख रुपैया प्राप्त गरे । उदीयमान खेलाडी धनगढी ब्लुजकै बलर अनिल खरेल घोषित भए । उनले पाँच म्याचबाट ८ विकेट लिएका थिए । अनिलले ५० हजार रुपैया पुरस्कार प्राप्त गरे ।

Click to comment

Trending