Headline

चितवन राइनोजलाई पोखरा प्रिमियर लिगको उपाधि

Published

on

पारस खड्काको चितवन राइनोजले पोखरा प्रिमियर लिगको दोश्रो संस्करणको पोखरा प्रिमियर लिगको उपाधि जितेको छ । पोखरा क्रिकेट मैदानमा सम्पन्न फाइनलमा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले पराजित ग¥यो ।  जितसँगै चितवनले २७ लाख पुरस्कार राशी प्राप्त ग¥यो भने बिराटनगरले १० लाख शात पा¥यो ।

रोहन मुस्तफा र अनिल साहले अद्र्धशतकसँगै अन्य ब्याट्स्म्यानहरुले पनि आकर्षक पारी खेलेपछि चितवनले २० ओभरमा २ सय २ रनको बिशाल योगफल खडा ग¥यो । जवाफमा बिराटनगरले २० ओभरमा सात विकेट गुमाई एक सय ७० रन मात्र बनाउन सक्यो ।

१६ रन भित्रै दुई विकेट गुमाएको बिराटनगरलाई मोहम्मद जायद आलमले नोमन खानसँग ५३ रनको साझेदारी गर्दै टिमलाई खेलमै राखेका थिए । जायदले ४८ बलमा ५७ रन बनाए । उनले पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै प्रदिप ऐरिले २५ बलमा ३६ र पुनित मेहराले १३ बलमा ३२ रन बनाएका थिए ।

प्रदिपले तीन चौका र एक छक्का प्रहार गरे भने पुनितले तीन छक्का र दुई चौका हिर्काए । चितवनका लागि करण केसीले सर्वाधिक तीन विकेट लिए भने सन्नी पटेलले एक विकेट हात पारे ।

कप्तान पारस खड्काले जितेन्द्र मुखियालाई एकै ओभरमा २२ रन ठोकेपछि छरितो शुरुवात लिएको चितवनले ९ रनको अन्तरमा दुई विकेट गुमाएको थियो । पारसले ११ बलमा २५ रन बनाए भने बाबर हायातलाई जायदले पाँच रनमै बोल्ड गरेपछि बिराटनगरले राहतको सास फेरेको थियो ।

तर तेश्रो विकेटका लागि रोहन र अनिलले ९५ रनको बिशाल साझेदारी गरेपछि चितवनले बिशाल योगफलको आधार खडा गरेको थियो । प्रतियोगिताकै पहिलो र एक मात्र अद्र्धशतक प्रहार गरेका अनिलले ३४ बलमा ५० रन बनाए । उनले तीन छक्का र तीन चौका प्रहार गरे ।

मुस्तफाले तेश्रो अद्र्धशतक बनाउदै ४३ बलमा तीन चौका र एक छक्काको मद्दतमा ५० रन बनाए । त्यसपछि आरिफ शेख, सन्नी पटेल र करण केसी मिलेर चिवनका लागि अन्तिम तीन ओभरमा ५१ रन बटुलेका थिए । किशोर महतोले फालेको अन्तिम ओभरमा २४ रन ठोकेका करणले ८ बलमा २६ रन बनाए । आरिफले १९ र सन्नीले १६ रन बनाए ।

बिराटनगरका लागि पुनित मेहराले कसिलो बलिङ्ग गर्दे चार ओभरमा २५ रन खर्चदै दुई विकेट लिए भने जायदले पनि दुई विकेट लिएका थिए ।

Click to comment

Trending