Headline

भोला र सुमनको गोलमा पुलिसले जितको खाता खोल्यो

Published

on

पुर्व राष्ट्रिय खेलाडी भोला सिलवालले गोल गरेपछी बिभागीय टोली नेपाल पुलिस क्लबले सरस्वती युथ क्लबलाई शहीद स्मारक ए डिभिजन लिगमा २–० ले पराजित गरेको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले सरस्वतीलाई लिगको तेस्रो हार चखायो । खेलको पाँचौ मिनेटमा लामो समयपछि फुटबलमा पुनरागमन गरेको पुलिसका रविन श्रेष्ठको क्रसमा रवि पासवानले बल भेटेपनि नियन्त्रणमा लिन सकेनन् ।

२२ औं मिनेटमा रविको क्रसमा सौजन राईले गोल गर्ने सुन्दर मौका खेर फाले । अनमार्क रहेका उनले पर्याप्त समय लिएर गरेको प्रहार पोष्टबाट थोरै बाहिरियो । ३२औं मिनेटमा रविनको प्रहार सरस्वतीका गोलकिपर प्रदीप भण्डारीले उत्कृष्ट पञ्च गर्दै बचाए । ३५ औं मिनेटमा सरस्वतीका कप्तान राजकुमार घिसिङको फ्रिकिक क्रसबारमा लागेर फर्कदा सरस्वतीले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो ।

पहिलो हाफ को इन्जुरी समयमा भने पुलिसले रातो कार्ड खान पुग्यो । दोश्रो पहेलो कार्ड पछि अन्जन राईले मैदान छोड्दा पुलिस १० अंकमा सिमित रहेको थियो ।

दोस्रो हाफमा शुरु भएको एक मिनेटमै सुमन लामाले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । डिफेन्डरको गल्तिको फाइदा उठाउदै प्राप्त पासमा सुमनले गोल गरेका थिए । परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका भोलाले ७९ औं मिनेटमा गोल गर्दै पुलिसको अग्रतालाई दोब्बर पारेका थिए ।

टोलीका लागि पहिलो गोल गरेका सुमनको पासमा भोलाले वान टचमा गोल गर्दा सरस्वतीका गोलकिपर प्रदीप भण्डारीले रोक्ने कुनै मौका पाएनन् । पुलिसले ३ खेलमा ४ अंक जोड्न सफल भएको छ ।

Click to comment

Trending