Headline

लामो प्रतिक्षाको घडी अन्त्य गर्ने संघारमा लिभरपुल

Published

on

लिभरपुल समर्थकहरुले अब हामी धेरै पटक चुक्यौ वा खोक्रो आश्वासन मै बाच्नु प¥यो भन्ने छैनन् । उसको लागि ३० बर्ष देखिको पर्खाइ अब बल्ल यही सिजन समाप्त हुदैछ । शायद यो सिजनकै उत्कृष्ट प्रदर्शन गर्दै लिभरपुलले लेस्टर सिटीलाई ४–० को भारी अन्तरले पराजित गर्दै अंक तालिकामा एक खेल हात मै रहदा १३ अंकको फराकिलो अग्रता लिइसकेको छ ।

इङ्गलिस प्रिमियर लिगमा बिहिबार रातिको जितपछि लिभरपुल १८ खेल खेलिसक्दा दोश्रो स्थानको लेस्टर भन्दा १३ अंंकले अगाडी रहेको छ । म्यानचेस्टर सिटीले शुक्रबार उल्भ्सलाई हराए पनि लिभरपुल सिटी भन्दा ११ अंकले अगाडी रहने छ ।

लिभरपुलका समर्थकहरुले उपाधिको बिषयलाई लिएर एक सन्देश लेखेः सहज कसैले लिनेछैन । अझै लामो दुरी तय गर्नुछ । दौड अझै पनि समाप्त भएको छैन । लिभरपुलका समर्थकहरुले यो सन्देश बुझेरै लेखाका हुन् । यदि यो उनीहरुले नभनेको भए अरु कसैले भन्थे । शुक्रबारको जितले उपाधिको दौड अब समाप्त भएको तय भइसकेको छ । लिभरपुलले जसरी खेलिरहेको कस्ले सोच्न सक्छ उसले अब अंक गुमाउछ र भनेर । अझै लिभरपुल त यो सिजन त लिगमा अपराजित नै छ ।

सिटीले आफ्नो सबै प्रयास गर्नेछ तर अब उनीहरुले भिड्ने भनेको दोश्रो स्थानका लागि मात्र हो । हार्न बिर्सिसकेको लिभरपुलले अब प्रिमियर लिगको उपाधि गुमाउनका लागि कसैले सोच्नै नसक्ने हिसाबले ध्वस्त हुनुपर्नेछ ।

क्विन एलिजाबेथको डेभोन लोच नाम गरेको घोडा सन् १९५६ को ग्राण्ड न्यासनलमा फिनिसिङ्ग लाइन नजिक लडेपछि पराजित भएको थियो । लिभरपुलले प्रिमियर लिग नजितेमा लोच लडेको पललाई पछि पार्नेछ । “अहिले मेरो कानमा आएर कसैले हामीले उपाधि जितेको निर्णय सुनाइसकेको छैन । हामी जति सकिन्छ हरेक खेलमा राम्रो गर्ने कोसिस गर्नेछौं,” लिभरपुलका व्यवस्थापक योर्गेन क्लोप भन्छन् ।

लेस्टरका व्यवस्थापक ब्रेण्डान रोजर्स, जो कुनै समय लिभरपुल हेर्थे, भन्छन्ः “उनीहरुलाई रोक्न अब एकदम गाह्रो छ । उनीहरुको टिम नै उत्कृष्ट छ र अहिले पूर्ण आत्मबलका साथ खेलेको देख्न सकिन्छ ।”

Click to comment

Trending