Headline

संकटासँग बराबरी खेल्दै जावलाखेलको अपराजित यात्रा जारी

Published

on

शहीद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रा राख्दै जावलाखेल युथ क्लबले संकटा क्लबसँग १–१ को बराबरी खेलेको छ ।

लक्ष्मण रुचालको गोलबाट पछि परेको खेलमा जावलाखेलका लागि ड्याडी जुनियर वाम्बाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । दुई बराबरी र एक जितपछि जावलाखेल अंक तालिकाको चौथो स्थानमा रहेको छ । एक जित, एक हार र एक पराजयपछि संकटा चार अंक सहित सातौं स्थानमा छ ।

दशरथ रँगशालामा भएको खेलको आठौं मिनेटमा जावलाखेलका फोडे फोफानाले बक्सभित्र पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । लगत्तै सोही टोलीका ड्याडी जुनियर वाम्वाको प्रहार आकाशियो । ३६ औ मिनेटमा भने फोफानेले लडाएपछि प्राप्त फ्रिकिकमा लक्ष्मणले झन्डै ३५ यार्डबाट गोल गरेका थिए ।

दोस्रो हाफमा जावलाखेलले लय समाएको थियो । धेरै मौकाको सदुपयोग गर्न नसकेको जावलाखेलले खेलको ७२ औं मिनेटमा जुनियरमार्फत बराबरी गोल गरेको थियो । हरि कठायतको फ्रिकिकलाई उनले हेडबाट पोस्टको जाली चुमाएका थिए । खेलमा संकटाका अर्नेष्ट म्यान अफ दि म्याच चुनिए ।

Click to comment

Trending