Headline

दाबेदार मच्छिन्द्रको फ्रेन्ड्सबिरुद्ध फराकिलो जित

Published

on

बिदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्रले दोस्रो जित निकाल्न सफल भएको छ ।

दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले लिगको पुछारमा रहेको फ्रेन्ड्स क्लबलाई ३–०ले हरएको छ । पिटर सेगुनको गोलबाट अग्रता लिएको मच्छिन्द्रका लागि एडेलेजा सोमिरे र रेजिन सुब्बाले गोल गरेका थिए ।

खेलको शुरुवातदेखि हावी भएको मच्छिन्द्रले फ्रेन्ड्सका ब्राजिलियन खेलाडीहरुलाई चल्न दिएको थिएनन् । २१ औं मिनेटमा विशाल राईको फ्रि किकलाई गोलकिपर देव लिम्बुले उत्कृष्ट पञ्च गर्दै बचाएका थिए । २५ औं मिनेटमा अभिषेक रिजालको हेडरले पोष्टको दिशा लिन सकेन । २७औं मिनेटमा एडिलाजा सोमिरेको प्रहार गोलकिपर देवले बचाए ।

गोलको खडेरी तोड्दै मच्छिन्द्रले २९ औं मिनेटमा पिटर सेगुनको गोलबाट अग्रता लिएको थियो । रन्जित धिमालको क्रसलाई गोलकिपर देवले पन्च गर्दै फर्काएपनि रिबाउन्डमा सेगुनले हेडमार्फत गोल गरेका थिए ।

दोस्रो हाफमा पनि फ्रेन्ड्सलाई उत्तिकै दवाब दिएको मच्छिन्द्रले अभिषेक रिजालको प्रहार फितलो साबित भएपछि अग्रता दोब्बर बनाउने मौका चुकाएको थियो । तर त्यसको चार मिनेटपछि ५१ औं मिनेटमा सोमिरेको गोलमा मछिन्द्रले अग्रता दोब्बर पारेको थियो । बिराज महर्जनले दिएको ब्याक पासमा सोमिरेले गोल गरेका थिए ।

८५ औं मिनेटमा भने रेजिनले गोल गर्दै मच्छिन्द्रलाई फराकिलो अन्तरको जित दिलाए । सोमिरेले गरेको प्रहार डिफेन्डरले बचाएर फर्काउदा रेजिनले रिवाउन्डमा गोल गरेका थिए । लिगमा दोस्रो जित निकालेको मच्छिन्द्र अंक तलिकामा छ अंक का साथ शिर्ष स्थानमा चढेको छ ।

एनआरटीसँग हार्न पुग्यो च्यासल

पहिलो खेलमा संकटालाई २–० र दोस्रो खेलमा लिग दबेदार मच्छिन्द्रलाई १–१ को बराबरीमा रोकेको च्यासल युथ क्लबले लिगमा आफ्नो पहिलो हार बेहोर्न पुग्यो ।

दशरथ रंगशालामा भएको खेलमा च्यासल न्यु रोड टिम (एनआरटी) सँग २–१ ले पराजित भयो । शुरुवातमा केही दवाब बनाएपनि च्यासल सेलाएको थियो । तेस्रो मिनेटमा च्यासलका अमिर श्रेष्ठको बक्स बाहिरको सशक्त प्रहार क्रस बारमा लागेर फर्कदा अग्रता लिनबाट चुक्यो ।

१२ औं मिनेटमा हायातो वाकिनोको क्रसमा सन्तोष साहुखलको हेडरले पोष्टको दिशा लिन भने सकेको थिएन । लगत्तै कप्तान प्रकाश बुढाथोकीले गरेको प्रहार आकाशिन पुग्यो ।

१९ औं मिनेटमा प्रकाशको प्रहार च्यासलका गोलरक्षक एलेन न्यौपानेले सहजै बचाएका थिए । २३ औ मिनेटमा भने एनारटीले गोलको खाता खोलेको थियो । प्रकाशले प्रहार गरेको बललाई च्यासलका गोलरक्षक एलेनले पञ्च गरेपछि एनआरटीले कर्नर पायो । प्रकाशले नै उत्कृष्ट ढँगले प्रहार गरेको कर्नरमा बिदेशी खेलाडी जुनियर नेकेइले हेड मार्फत गोल गर्दै टिम लाई अगाडी बढाए । त्यसपछि च्यासलले आक्रमक खेल देखाएपनि पहिलो हाफ सकिदा बराबरी गोल फर्काउन भने असफल रहेको थियो ।

च्यासल खेलमा फर्किन गाह्रो भएको दोस्रो हाफको २६ मिनेटपछि एनआरटी १० खेलाडीमा झर्न पुग्यो । जोेर्डन जुनियर एन्डेम्बा ओओनाले दोहोरो पहेलो कार्ड पाएपछि एनआरटी १० खेलाडीमा सिमित भएको थियो ।

खेल सकिन ४ मिनेट बाकी छदा भने दर्शन गुरुङले सोलो गोल गर्दै एनआरटीलाई जित नजिक पु¥याए । मैदानको मध्य भाग देखी बल लागेका उनले काउन्टर अट्याकमा गोल गर्न सफल भए । इन्जुरी समयमा च्यसालका लागि अंिर श्रेष्ठले सन्त्वना गोल फर्काएका थिए ।

Click to comment

Trending