Headline

११ दशमलव चार ओभरमै १३६ रन बनाई बिराटनगर प्लेअफमा

Published

on

सनसनीपूर्ण ब्याटिङ्ग गर्दै बिराटनगर टाइटन्सले पोखरा प्रिमियर लिगको प्लेअफमा स्थान बनाउन सफल भएको छ । यो सँगै ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन वारियर्स प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ ।

पोखरा क्रिकेट मैदानमा बिराटनगरले आफ्नो अन्तिम लिग खेलमा बुटवल ब्लास्टर्सलाई पाँच विकेटले पराजित ग¥यो । पहिलो ब्याटिङ्ग गरेको बुटवलले २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ३३ रन बनायो ।

प्लेअफमा काठमाडौंलाई प्रतियोगिताबाट बाहिर पठाउदै आफू प्लेअफमा पुग्नका लागि बिराटनगरले १२ दशमलव दुई ओभरमै लक्ष्य प्राप्त गर्नु पर्ने थियो । पहिलो ओभरदेखि नै आक्रमक ब्याटिङ्ग गरेको बिराटनगरले ११ दशमलव चार ओभरमै लक्ष्य भेट्टाएको थियो ।

बिराटनगरलाई जित दिलाउने क्रममा पाकिस्तानी खेलाडी नोमन खानले २१ बलमा ३५ रन बनाए । त्यस्तै भारतीय ब्याट्स्म्यान पुनित मेहराले १७ बलमा ३२ रनको महत्वपूर्ण योगदान दिएका थिए । ओपनर मोहम्मद जायद आलमले २४ र पुष्प थापाले १८ रन बनाए ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको बुटवललाई एक पटक फेरि दुई बिदेशी खेलाडीको सहयोगमा सम्मानजक योगफल खडा गरेको थियो । हर्ष टंकले मिडल अर्डर थाम्दै उल्लेखनीय योगदान दिएका थिए ।

अर्का ओपनर आफताबुद्दिन एहमदालाई दिनको पहिलो बलमै गुमाएको बुटवललाई हर्षले दोश्रो विकेटका लागि शंकर रानासँग ३२ रन जोडेका थिए । हर्षले ५५ बलमा ६ चौका र पाँच छक्काको मद्दतमा ६७ रन बनाए । अर्का भारतीय ब्याट्स्म्यान शिभम सिँहले २६ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३७ रन बनाए ।

बुटवललाई सामान्य योगफलमै समेट्ने क्रममा मोहम्मद जायद आलमले चार विकेट लिए भने किशोर महतोले दुई विकेट हात पारेका थिए ।

Click to comment

Trending